नवलपरासी । नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगको संगठन नवलपरासीको धौवादी गाविसमा पनि विस्तार गरिएको छ ।
धौवादी गाविसमा शुक्रबार भएको भेलाले क्रान्तिकारी युवा लिग गठन गरिएको हो । भेलाले टोलबहादुर लुंगेलीका अध्यक्षतामा ११ सदस्यीय क्रान्तिकारी युवा लिग गाँं कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा देवबहादुर राना, सचिवमा टोलबहादुर सोमै, सहसचिवमा दिनेश सोमै, कोषाध्यक्षमा यमुना कानु मगर र सदस्यहरुमा अमर सिंह सोमै, करण थापा, गुएली महतो, दिनबहादुर सोती, तेजमाया सोती र कुमार परिवारलाई चयन गरेको छ ।
भेलामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, क्रान्तिकारी युवा लिग नवलपरासीका अध्यक्ष उत्तम थापा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठ र नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका जिल्ला सदस्य एवम् दुई नम्बर इलाका इन्चार्ज टिकाराम काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।