नोटबन्दीका विरुद्ध नेपाली एकता समाज भारत आन्दोलित

दिल्ली । नेपाली एकता समाज भारत मोदी सरकारले पाँच सय र एक हजार दरका नोटहरुमाथि प्रतिबन्ध लगाएपछि आन्दोलनमा उत्रिएको छ ।  खुल्ला सिमानाले गर्दा मौसमी काममा भारत आउने जाने नेपालीहरु ठूलो मारमा परेको भन्दै नोटबन्दी फिर्ता लिन मोदी सरकारसँग माग गरेको छ ।  समाजका महासचिव विष्णु शर्माले नोभेम्बर १९ मा निकालेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले […]

युकेतिर लागे क्रान्तिकारी माओवादीका नेता गजुरेल

काठमाडौं । मंसिर ७ मा नेपाल आइपुग्नेगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेल आज बेलायत प्रस्थान गरेका छन् । बेलायतमा पार्टी र मोर्चाको संगठन निर्माण र विस्तार गर्ने योजनासहित युके जान लागेको गजुरेलले जानकारी दिए । पछिल्लो पटक नवसंशोधनवादी तथा दक्षिणपन्थी अवसरवादीहरुले फैलाएको भ्रमका कारण संगठनमा केही समस्या […]

अमेरिकामा कार दुर्घटनामा परी चार नेपालीको मृत्यु, २ घाइते

काठमाडौं । अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । नोभेम्बर ४ तारिखमा भएको दुर्घटनामा काठमाडौं अनामनगरका चिरन्जीवी खनाल, उनकी पत्नी तथा दुई बुहारी रहेको र अगाडि बसेका समिर खनाल र सुवास खनालको गम्भीर अवस्थामा उपचार भइरहेको […]

भारतमा खेलियो जनवादी देउसी भैलो

दिल्ली । नेपाली एकता समाज भारतको आयोजनामा जनवादी देउसी भैलो खेलियो । नेपालबाट भारतमा रोजगारीको लागि गएका नेपालीहरु बसेको घर घरमा गई देउसी भैलो खेलिएको हो । भारतको नोएडा, दिल्ली, पंजाव, महाराष्ट्र, हैदरावादलगायतका स्थानमा जनवादी गीत संगीत मार्फत् देउसी भैलो खेलिएको थियो । देउसी भैलो कार्यक्रममा एकता समाजका नेता, कार्यकर्ताहरु र नेपाली दाजुभाइ तथा दिदी […]

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको पश्चिम पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका काठमाडौंको नरदेवी घर भएका विराटमान ताम्राकारको मृत्यु भएको हो । बिहीबार विहान काममा जाने क्रममा उनी एक्कासी सडकमा ढलेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन […]

हङकङको जोर्डनमा नेपाली युवाबीच भिडन्त

काठमाडौं । हङकङमा नेपालीबिच सामूहिक भिडन्त भएको छ । नेपाली युवाको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाउनु परेको थियो । हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरु बिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । दुई समूहबीच भिडन्त भइरहेको लडिरहेको खबर एक ट्याक्सी चालकले […]

कोरियामा गम्भीर दुर्घटनामा परेका नेपाली युवाको अपील : ‘मलाई बचाउनुस्’

कोरिया । इपिएस प्रणालीद्वारा रोजगारीका लागि तीनमहिना अघिमात्र कोरिया आएका नेपाली युवा मटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएपछि कोरियाको हस्पिटलमा उपचार गरिरहेका दुधौली–१, सिन्धुलीका २६ वर्षे ओमबहादुर कार्कीले आफ्नो जीवन रक्षाका लागि अपील गरेका छन् । मोक्पो कार्यक्षेत्र रहेका कार्की तीनसाता अघि किनमेल गरेर मोटरसाइकलमा कम्पनी फर्कने क्रममा कारको ठक्करबाट गम्भीर दुर्घटनामा परेका थिए । […]

अस्ट्रेलियामा मनाइयो तीज

अस्ट्रेलिया  । अस्ट्रेलियामा रहेका नेपाली तथा भारतीय हिन्दू नारीले तीज पर्व धुमधामका साथ मनाएका छन् ।  अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका हिन्दू महिलाले ब्रिजबेनमा रहेको लक्ष्मीनारायण मन्दिरमा भेला भई तीज पर्व मनाएका हुन् । मन्दिरका पूजारी हरिहर अधिकारीले हरेक वर्ष तीज तथा बडा दसैँका बेला मन्दिरमा बढी मात्रामा भीडभाड हुने बताए । शनिबार बिहान ७ देखि […]

रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन् ।  उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको जनाइएको छ। […]