जयललिताको शोकमा ७७ जनाले आत्महत्या गरेको दावी

जयललिताको शोकमा ७७ जनाले आत्महत्या गरेको दावी

hqdefault-gदिल्ली । भारतको तमिलनाडु राज्यकी मुख्य मन्त्री जयललिताको शोकमा तामिलनाडु राज्यका ७७ जनाले आत्महत्या गरेको त्यहाँको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र (एआइडीएमके) ले जनाएको छ । यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ ।

सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको छ । केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ । तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ । सो पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।