gas-f-fकाठमाडौं । नेपालको दैलेख जिल्लाको श्रीस्थानलगायतका क्षेत्रमा लिक्विफाइड पेट्रोलियम (एलपी) ग्यासको खानी रहेको अध्ययनले पुष्टि गरेको छ । चिनियाँ अन्वेषकहरुको सहयोगमा सरकारी स्तरमा गरिएको सम्भाव्यता अध्ययनले यस्तो पुष्टि गरेको हो । नेपाल सरकारले चीनबाट झिकाएको प्राविकिध तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट तयार पारेको छ । गत वर्ष फिल्डमा खटिएको टोलीले चीन सरकारलाई बुझाएको रिपोर्ट नेपालमा आइपुगेको छ । रिपार्ट अनुसार दैलेखको ग्यास ललितपुरको इमाडोलमा भेटिएको जस्तो प्राकृतिक मिथेन ग्यास नभएर उत्खनन् गर्न मिल्ने र उक्त ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य रहेको छ । ललितपुरको इमाडोलमा निकालिएको ग्यास भने पाइपबाट मात्रै भान्सामा पु¥याउन सकिने किसिमको हो ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको उद्योग मन्त्रालय स्रोतले जनाएको छ । चीनले केही साताभित्रै प्राविधिक टोलीले तयार गरेको बिस्तृत रिर्पोट परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाउने उद्योग मन्त्रालय स्रोतले बतायो । ग्यासको मात्रा थाहा पाउन भने थप अध्ययन गर्नुपर्ने स्रोतले बतायो ।

दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । श्रीस्थानमा झण्डै ३ सय वर्षदेखि अखण्ड रुपमा बत्ति बलिरहेको छ । यसकारण पनि यस स्थानमा ग्यासको खानी रहेको हुन सक्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर