बैतडी । भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका चार नेपालीसहित ६ जना रहेका छन् ।
बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नातिको दुर्घटनामा परी मृत्यु भएको हो ।
दुर्घटनामा सोही परिवारकै अन्य चार सदस्य घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बेला दुर्घटना भएको हो ।