हामी त्यस्तो कायर होईनौं

हामी त्यस्तो कायर होईनौं

तिम्रो एक धक्काले पछाडी भाग्दै जाने 
हामी त्यस्तो डर छेरुवा होइनौं
तिम्रो एक आक्रमणले आत्मासमर्पण गर्दै जाने
हामी क्रान्ति दुत हौ ! क्रान्ति दुत !!
हज्जारौ हारहरु पचाएर
अन्तमा क्रान्ति विजय गरेरै छाड्ने ।

पेरिस कम्यून हाम्रो आदर्श हो
मालेमावाद हाम्रो मार्ग दर्शन हो
जनवाद, सामाजवाद र साम्यवाद
हाम्रो लक्षित गन्तव्य हो
क्रान्ति क्रान्ति र फेरी पनि क्रान्ति
हाम्रो निरंतर यात्रा हो ।

हाम्रो यात्रामा प्रति क्रान्तिको कांडा तेर्साएर
कसैले क्रान्ति रोक्ने दुस्साहस तगर
हाम्रो यात्रामा अवसरवादको एम्वस थापेर
कसैले क्रान्तिलाई सेवोटेज गर्ने घृष्टता नगर
तिम्रा सवै हर्कतहरु– कुनै दिन

उडाई दिनेछ सिमस्नको युवा जस्तै निर्णायक क्रान्तिले
त्यसवेला तिमीले पश्चातापको भिख नमाग्नु
हिमाल दुखेको छ, पहाड दुखेको छ
उस्को एकतार्फ झम्टाईले
तराई झन दुखेको छ

हावा दुखेको छ
पानी दुखेको छ
उस्को दैनिक हमलाले जीवन झन दुखेको छ ।