नयाँ दिल्ली । नेपाली एकता समाज भारत नयाँ दिल्ली अन्तर्गत अंतर्राष्ट्रिय महिला दिबस भव्य रूपमा सम्पन्न भएको छ । नेपाली एकता समाज भारत नोएडा महिला नगर अधक्ष्य दिप मालाले महिला दिबस को बारेमा मन्तब्य राख्दै प्रबासमा भए पनि नेपाली क्रान्त्रिकारी अन्दोलनमा आफूहरु निरन्तर लागि रहने बताउनु भयो र देश बिदेशमा रहनु हुने महिलाहरुलाई अंतर्राष्ट्रिय महिला दिबसको शुभकामना दिनुभयो ।
त्यसैगरी कार्यक्रममा उपस्थित नगर इन्चार्च तसनिम खानले महिलाहरुको हकअधिकारको लागि सबै महिला एकजुट हुनुपर्ने बताउनुभयो । मुख्य अतिथि नगर इन्चार्ज तसनिम खानको बिशेष उपस्थिथि र नगर अध्यक्ष दिप मालाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।