एजेन्सी । संयुक्त अरब इमिरेड्स (युएई) मा दक्षिण अफ्रिकाका एक व्यक्ति र युक्रेनकी युवतीसँग विवाहअघि नै गैरकानुनी यौन सम्बन्ध राखेको आरोपमा हिरासतमा लिइएको छ ।
सो घटनामा २९ वर्षीय एमलिन कल्भरवेल र २७ वर्षीय इरिना नोहाईलाई पक्राउ गरिएको हो । डाक्टरले उनी गर्भवती रहेको जनाएको छ ।
युएईमा विवाह नगरी यौन सम्बन्ध राख्नु गैरकानुनी मानिन्छ । दक्षिण अफ्रिकी व्यक्तिकी आमाले दुवैको रिहाईको माग गर्दै भनेकी छन्, ‘उनीहरुको कसुरु केवल यो थियो कि उनीहरुले प्रेम गरे ।’
दक्षिण अफ्रिकी विदेशमन्त्रालयले भने यो युएईको घरेलु कानुनको विषय भएकाले कुनै सहयोग गर्न नसक्ने बताएको छ । जोहानेसबर्गले दुवैलार्ए कानुनी सहयोग लिन आग्रह गरेको छ ।
उनीहरुलाई युएई सरकारले जनवरीमा नै जेल हालेपनि हालैमात्र त्यसको जानकारी बाहिर आएको हो । एमलिन कल्भरवेल पछिल्ला ५ वर्षदेखि त्यहाँ कार्यरत थिए ।