बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा भिषण आगलागी भएको छ । आगलागीबाट १० कोठे भवन जलेर ध्वस्त भएको छ ।
आगोलागीबाट काठ र ढुङ्गामाटोले बनेको दुई तले दश कोठे भवन जलेर ध्वस्त भएको हो । विद्युत सर्ट भएर भएको आगलागीमा भवनका साथै फर्निचर लगायतका भौतिक सामग्री जलेर नष्ट भएको हो ।
आगलागीबाट करिब १ हरोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्यालय प्रशासनका कागजात, कम्प्युटर, पुस्तकालयका करिव ७ हजार पाठ्यपुस्तक, ९ वटा कम्प्यूटर सहित विद्यालयका महत्वपुर्ण दस्तावेज सहितको साम्रग्री जलेर नष्ट भएको छ ।
साँझ सवा पाँच बजेदेखि सुरु भएको आगोलागी राती करिब ९ बजेपछि स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । विद्युतीय पुस्तकालय समेत जडान गरिएको कक्षा ८ सम्मको पाठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् ।