धनुषा । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एक नेपालीको रहस्यमय मृत्यु भएको छ ।
धनुषाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।
धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् ।
मृतक सिंहका परिवारमा बुबा, आमा र दुई बहिनी रहेका छन् । साढे दुई वर्षदेखि मलेसियामा रहेका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयास भइरहेको छ ।






























