काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।
बिहीबारराति भएको प्रि–क्वाटरफाईनलको दोस्रो लेगको खेलमा रुसको एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो ।
म्यानचेस्टर युनाईटेडको जितमा हुँवा माटाले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि रुसमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
युरोपा लिग अन्तर्गत बिहीबारराति भएका अन्य खेलमा विजयी हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको सेल्टा भिगो, फ्रान्सको लियों, जर्मनीको शाल्का, टर्कीको बेसीक्टास र बेल्जीयमका एन्डरलेच्त र गेन्ट पनि क्वाटरफाईनलमा पुगेका छन् ।