
एजेन्सी । पञ्जाबको ११७ विधानसभा सिटमध्ये ७७ स्थानमा काँग्रेसको जित भएपछि नयाँ सरकार गठनमा मुख्यमन्त्री अमरिन्दर सिंह हर्ताकर्तामा स्थापित भए ।
भलै पूर्वमुख्यमन्त्री राजिन्दर कौर भट्टल र पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष सुनील जाखड जस्ता वरिष्ठ नेताले चुनावमा पराजय भोगे तर उनीहरु केही अनुभवी नेतालाई क्याबिनेटमा लैजाने आशमा थिए ।
बिहीबार जब अमरिन्दर सिंहले आफ्नो मन्त्रिमण्डलसँगै शपथ गरिरहेका थिए, त्यहाँ ८ मन्त्री समेत थिए । तर मलेरकोटलाकी विधायक रजिया सुल्तानको नाम उच्चाचरण गर्दा सुखद आश्चर्य व्यक्त भएको थियो ।
५० वर्षको इतिहासमा पञ्जाबमा कुनै मुस्लिमलाई मन्त्री बनाइएको थिएन । तेस्रो वटक विधानसभा निर्वाचनमा जित हासिल गरेकी रजिया सुल्तान शिखबहुल पञ्जाबको पहिलो मुस्लिम मुख्यमन्त्री बनेकी छन् ।
अमरिन्दर सिंहको अघिल्लो सरकारमा ५० वर्षीय सुल्तान मुख्य संसदीय सचिव थिइन् । पञ्जाबमा मुख्य संसदीय सचिवलाई राज्यमन्त्री सरहको सुविधा र हैसियत दिइएको हुन्छ ।
सन् २००७ मा जब अमरिन्दर सिंह सरकार सत्ताबाट बाहिर हुँदा समेत उनी आफ्नो सिट बचाउन सफल भएकी थिइन् । तर उनी सन् २०१२ मा पराजित भइन् ।
उनका पति मोहम्मद मुस्तफा १९८५ मा आईपीएस अधिकारी थिए । सुल्तानले अहिले अकाली दलका उम्मेदवार मोहम्मद ओभैसविरुद्ध १२ हजार ७ सयको अन्तरमा जित निकालेकी हुन् ।