एजेन्सी । अमेरिकाको टेक्सासमा एक मोडलको रेलवे लाइनमा फोटो शुत गराउने कोशिस गर्दा दुर्घटनाको शिकार भएकी छन् ।

१९ वर्षीय फ्रेजानिया थोम्पसनको नेवासोटामा रेलवे लाइनमा फोटो खिचाइरहेका बेला आएको रेलले ठक्कर दिँदा मृत्यु भएको हो ।

रेलवे लाइनमा उभिएकी उनको अन्तिम तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरस भएको छ । स्थानीय प्रहरीका अनुसार फ्रेजानिया दुर्घटनाको समयमा गर्भवती थिइन् ।

उनी एक रेलबाट उत्रिएर रेलवे लाइनमा फोटो खिचिरहेका बेला अर्को रेल आएर ठक्कर दिएको थियो । उनकी आमा ह्याकेमी स्टीभेन्सनले स्थानीय पत्रिका ‘द इगल’ सँग आफ्नी छोरीको यो पहिलो फोटोशुट भएको र उनले यस्तै चाहने गरेको बताएकी छन् ।

नेवासेटो प्रहरीका प्रमुख लीथले प्रहरीले घटनाबारे जानकारी लिइरहेको र यसमा कुनै आपराधिक घटनो जोडिएको नपाइएको जनाएका छन् ।

दोस्रो उनलाई ठक्कर दिने रेलको सञ्चालक कम्पनी युनियन प्यासिफिकका प्रवक्ता जेफ डि ग्राफले घटनाबारे सफाई दिएका छन् ।

अमेरिकाको संघीय रेल प्रशासनको तथ्यांकाअनुसार गत वर्ष रेल लाइनमा भएको दुर्घटनाको शिकार भएर ८ सय १३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर