सलाम छ वीरयोध्दा गोविन्द गौतमलाई

सलाम छ वीरयोध्दा गोविन्द गौतमलाई

नेपाली अामाको एउटा अाँटी छोरा
नेपाली धर्तीको एउटा वीरयोध्दा
अाफ्नो मातृभूमिको रक्षा गर्दै गर्दा
साम्राज्यवादी – विस्तारवादी लुटेराहरुको
चुसाहा मिचाहा हडवकारी हत्यराहरुको
अर्काको मातृभूमिको अस्मिता लुट्ने
साम्राज्यवादी विस्तारवादी गोमन सर्पहरुको
डर धाक धम्कि  गोली गठ्ठाको
कुनै प्रबाह नगरि
अाफ्नो ज्यान भन्दा मातृभूमिको
रक्षा गर्नु न‌ै परम कर्तव्य ठानी
२०७३ साल फाल्गुन २६ गते
कञ्चनपुरको भारतको सिमानामा
भारतीय विस्तावादका जल्लादहरुले
छाती ताकेर बर्षाईएका ताता गोलीहरुको
कुनै वास्ता नगरि
विदेशी अाक्रमणका विरुध्द
छाती खोलेर हजारौ देशभक्त
क्रान्तिकारीहरुको साहसी नेतृत्व गर्दै वीर गति
प्राप्त गर्ने  महान् देशभक्त वीरयोध्दा
यस नेपाली धर्तीका असल सपुत
सिंग‍ो नेपाल राष्ट्रका अमर
राष्ट्रिय देशभक्त सहिद
गोविन्द गौतमलाई
लाख लाख लालसलाम
हार्दिक श्रध्दान्जली

अाज मात्र होइन
सैयौ वर्ष पहिलेदेखि
भारतीय विस्तावादी शासकहरुले
लुट्यारो र मिचाहाले
हाम्रो प्यारो मातृभूमिमाथि
पटक पटक विषालु नङ्ग्राहरु
गाड्दै अाएको छ
सैयौ ठाउँमा सिमानाहरु
मिच्दै अाएको छ
हजारौ हेक्टर हाम्रो जमीन
भारतीय लुटाहा शासकहरुले
लुट्दै अाएको छ
वर्षौ पहिलेदेखि वीर नेपाली जनताले
विरोध र भण्डाफोर मात्र होइन
रगतक‍ो खोलो समेत
बगाउदै अाएका छन्
वीर योध्दा देशभक्त सपुत
तिमि गोविन्द गौतमले पनि
अाफ्ना अग्रजहरुको पंतिमा
छाती खोलेर  मुठ्ठी उठाएर
अाफ्नो मातृभूमिको रक्षा गर्दै गर्दा
तिमिले पनि अाफ्नो अमूल्य
रगत नेपाली धर्तीमा बगाएका छौ
गोविन्द तिम्रो यो रातो रगत
नेपाली धर्ती रहेसम्म सुकेर जाने छैन
हाम्रो देशका शासकहरु
साम्राव्यवादीहरु विस्तारवादीहरुका
नोकर चाकर गुलाम लम्पसारवादी
निकम्मा राष्ट्रघाती जनघाती
भएका कारण
वीर सहिद गोविन्द गौतम
तिमि जस्ता नेपाली अामाका सपुतहरुले
देशभक्त क्रान्तिकारीहरुले
तिमि जस्तै गरेर अझै पनि
यो धर्तीमा यो प्यारो मातृभूमिमा
रगत बगाउनु पर्नेबाध्यता बाँकी छ
हाम्रो मातृभूमिको रक्षाको निम्ति
अमर सहिद गोविन्द
हामीले स्वाधिन र नौलो संसार
निर्माण नगर्सम्म
तिमिले बगाए झै यो धर्तीमा
रगत बगाउने कार्य रोकिने छैन ।