अमेरिकामा कारले ठक्कर दिँदा नेपाली महिलाको मृत्यु

अमेरिकामा कारले ठक्कर दिँदा नेपाली महिलाको मृत्यु

काठमाडौं । अमेरिकामा कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । क्यालिफोर्नियाको सान डिएगोमा शनिबार ठक्कर दिँदा ३८ वर्षीय महिला सरिता शाक्यको मृत्यु भएको हो । स्वास्थ्य परिचारिका शाक्यकी ४ वर्षीय छोरी छिन् ।

मादक पदार्थ सेवन गरेर चालकले गलत दिशामा कार कुदाउँदा शाक्यले चलाएको टोयोटा कोरोल्ला गाडीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट शाक्यको घटनास्थलमै मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेकी ३४ बर्षीय महिलाले चलाएको कारले शाक्यको कारलाई ठक्कर दिएको थियो । ठक्कर दिने कारकी चालक पनि गम्भीर घाइते रहेको र उनको उपचार भइरहेको जनाइएको छ । उनको नाम भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।