भैरहवा । एमालेको भातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको भनिएको मोटरसाईकल प्रहरीले फेला पारेको छ ।
प्रहरीले घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिण–पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बा ५१ प ८०७३ नम्बरको मोटरसाईकल फेला परेको जनाएको छ ।
सोमबार अपरान्ह देवदहमा रातो रंगको मोटरसाइकलमा आएका व्यक्तिले तिवारीमाथि गोली चलाएका थिए । प्रहरीले स्टार्ट अवस्थामा नै छाडेको अवस्थामा १५० सिसीको रातो मोटरसाइकल बरामद गरेको हो ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको छ भने एआईजी गृहमन्त्रालयले पनि विज्ञानराज शर्माको नेतृत्वमा समिति गठन गरिसकेको छ ।