काठमाडौं । दुई जना पत्रकारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट मरणोपरान्त पुरस्कृत गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा दिवंगत पत्रकार कर्ण बोहरा र सञ्जय न्यौपानेका धर्मपत्नी क्रमशः ममता र राधिकालाई जनही दुई लाख ५० हजार राशिको सो पुरस्कार प्रदान गरेकी हुन् ।

कञ्चनपुरका पत्रकार बोहराको गत मंसिर ८ र ललितपुरका पत्रकार न्यौपानेको गत कात्तिक २० गते निधन भएको थियो । मिर्गाैलापीडित पत्नी ममताको उपचारको रेखदेखका क्रममा कर्णको तथा न्यौपानेको मस्तिष्काघातको उपचारका क्रममा निधन भएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले प्रेस स्वतन्त्रताको उपयोग गर्दा नागरिक स्वतन्त्रता र व्यक्तिको गोपनीयतालाई समेत ख्याल गर्न आग्रह गर्दै पेसागत मर्यादा उच्च बनाउन र पत्रकार प्रोत्साहन गराउन काउन्सिलको भूमिका महत्वपूर्ण भएको बताइन् ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारितालाई सम्मान गर्नु लोकतन्त्रको सम्मान हो भन्दै पत्रकारिताले लोकतन्त्रलाई परिष्कृत तुल्याउन भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर