काठमाडौं । गृह मन्त्रालयले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।
गृहमन्त्रालयले नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिलाई घटनाको छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
गृहमन्त्रालयले अपराधीलाई उम्कन नदिन सबै सुरक्षा निकायलाई विभिन्न सीमावर्ती क्षेत्रमा परिचालन गरिएको जनाएको छ । सोमबार मोटरसाइकलमा आएका दुई जनाले युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या गरेका थिए ।
यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाही गर्ने बताएका छन् ।
मंगलबार युवा संघले हत्यारालाई कारबाहीको माग गर्दैै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले हत्याराले कुनै हालतमा उन्मुक्ति नपाउने बताएका हुन् ।