मुम्बई । चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् ।
करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् ।
मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताएका छन् ।
उनले भनेका छन्, ‘म आफ्नो छोरा तैमुर खान अली पटौदीको जन्मको खबर सुनाउन पाउँदा असाध्यै खुसी छु । म मिडियालाई धन्यवाद दिन चाहन्छु, जसले पछिल्ला ९ महिना हामीलाई साथ दिए । खासगरी समर्थकलाई उनीहरुको मायाका लागि धन्यवाद । मेरो र करिनाको तर्फबाट तपाईहरु सबैलाई मेरी क्रिसमस र ह्याप्पी न्यु इयर ।’
सैफ अली खान र करिना कपुरले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१२ मा विवाह गरेका थिए ।
सैफ पूर्व भारतीय क्रिकेट टिमका कप्तान मनसुर अली खान पटौदी र पूर्व नायिका सर्मिला टैगोरका छोरा हुन् भने करिना कपुर बाबु आमा र हजुरबुवा हजुरआमामध्ये केही बलिउडका चर्चित कलाकार हुन् ।
करिना कपुर र सैफ अलि खानको छोरा जन्मिएकोमा बलिउड कलाकारदेखि सामाजिक सञ्जाल प्रयोगकर्ता सम्मको बधाईको ओइरो लागेको छ । सबै भन्दा पहिला निर्देशक करण जौहरले ट्विट गर्दै बधाई दिएका छन् ।
३६ वर्षीय करिना कपुरको यो पहिलो विवाह र पहिलो सन्तान भएपनि ४६ वर्षीय सैफले भने यसअघि नै नायिका अमृता सिंहसँग विवाह गरी २ सन्तान जन्माएका थिए । उनीहरु अहिले किशोरावस्थाका छन् ।