‘उत्तर–सत्य’ पुँजीवादको चिन्ता र नेपाली सन्दर्भ

‘उत्तर–सत्य’ पुँजीवादको चिन्ता र नेपाली सन्दर्भ

विषय प्रवेश
नोभेम्बर, २०१६ को दिन विश्व प्रसिद्ध अक्सफोर्ड डिक्सनरीजले ‘उत्तर सत्य’ (पोस्ट ट्रुथ) शब्दावलीलाई वर्ष २०१६को सबभन्दा विशिष्ट शब्द, अथवा भनौ वर्ष शब्द घोषित गरेको छ । त्यसदिन न्यूयोर्क टाइम्समा लनुन विश्वविद्यालयको राजनीतिक अर्थशास्त्रका प्राध्यापक विलियम डेभिडले आफ्नो ‘द एज अफ पोस्ट ट्रुथ पोलिटिक्स’ नामक लेखमा भनेका छन्–‘हामी ‘उत्तर–सत्य’ युगमा बाँची रहेका छौँ ।’ यी दुवै घोषणा अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको विजयीपछि आएको हो ।

अक्सफोर्ड डिक्सनरीजको घोषणा र विलियम डेभिडको लेख दुवैमा प्रस्तुत कोणले पश्चिम प्रजातन्त्रप्रति निराशा र राजनीतिक वर्तमानप्रति क्षोभ, कुंठा, निराशा र आक्रोश मिश्रित व्यंग्य अभिव्यक्त गर्दछ ।

घोषित वर्ष शब्द ‘उत्तर –सत्य’लाई अक्सफोर्ड डिक्सनरीजले अथ्र्याएको छ– “यस्तो समय जस्मा विशिष्ट विचार महत्वहीन र औचित्यहीन हुन जान्छ’; एउटा यस्तो समय जो ‘सार्वजनिक राय (वा सहमति) निर्माण गर्न तथ्यहरुको न्यून प्रभाव पर्ने वस्तुस्थितिसँंग सम्बन्धित वा संकेतित, व्यक्तिगत भावावेश र व्यक्तिगत विश्वासमा आधारित हुन्छ ।”

प्रसिद्ध बेलायती पत्रिका ‘द गार्जियन’का अनुसार अक्सफोर्ड डिक्सनरीजका अध्यक्ष क्यास्पर ग्राथओलले ‘उत्तर–सत्य’लाई वर्ष शब्द घोषणाको क्रममा भने– “हाम्रो समयलाई परिभाषित गर्ने (यो) एउटा शब्द बन्यो भने म आश्चय मान्दिनँ ।”

वर्तमानप्रति ग्राथओलको निरीहताको तुलनामा प्रोफेसर विलियम डेभिज व्यंग्यतात्मक र आक्रोशित देखिन्छन् । उनी आफ्नो आलेखको सुरुवात नै यसरी गर्दछन्– “पश्चिमा उदार लोकतन्त्रमा तथ्यहरु धार्मिकताजस्तै स्थान ओगटेका हुन्छन् । जतिबेला लोकतन्त्र बाङ्गिन थालेको दखिन्छ, जब मतदाताहरु उपयोग हुन थाल्छन् अथवा राजनीतिज्ञहरु प्रश्नहरुबाट मुख लुकाउने अथवा भाग्ने कोशिस गर्छन्, हामी उन्मुक्तिको निम्ति तथ्यतर्फ फर्कन्छौँ ।”

गत वर्ष जुलाई १७ २०१५मा ‘द गार्डियन’ मा व्रिटिस राजनीतिक अर्थशास्त्री पल मेसनको एउटा लेख छापियो । शिर्षक थियो– ‘द इन्ड अफ क्यापिटालिजम हैज विगन’ (पुँजीवादको अन्त्य सुरु भयो ) । उनले सूचना संचारमा भएको व्यापक र अभूतपूर्व विकास र विशेष गरी ईन्टरनेट प्रविधिको विकासको कारण श्रम, ज्याला र बजारको निर्धारण शक्तिमा परिवर्तनको कारण मूल्यहीनता बढ्दै गएको तथा यसले गर्दा यसमा अधारित अर्थ–राजनीतिक प्रणालीको मूलधार स्थानान्तरित हुँदै गएकोले पुँजीवादको अन्त्यको सुरुवात भएको भनेका थिए । उनले यस संक्रमणलाई उत्तर पुँजीवादी समय भनेर पल मेसनको तर्क र निष्कर्षमा अनेकन काल्पनिकता, त्रुटीहरु थिए, तर उनको विशिष्टता के थियो भने उनले यस संक्रमणलाई माक्र्सवादी औचित्यको आधारमा स्वाभाविक भन्न खोजेका थिए । उनले यस संक्रमणबाट पश्चिमा पँुजीवादी समाज तर्सिन नहुने भनेका थिए ।

तर, पल मेसनले यस संक्रमणलाई जति नै स्वाभाविक र आश्वस्तपूर्ण भनेपनि यूरोपियन यूनियनबाट अलग हुने बेलायती निर्णयको पक्षमा अभिव्यक्त जनमत (बे्रक्सिट) र भर्खरै डोनाल्ड ट्रम्पको विजयले पश्चिमेली कथित उदार पुँजीवादी लोकतान्त्रिक समाज नराम्ररी झस्किएको देखिन्छ । वस्तुतः संकीर्ण राष्ट्रवादी र पुनरुत्थानवादी दक्षिणपन्थी चरित्रका यी दुई परिणामहरु निश्चितरुपमा जनताका निम्ति रुचिकर निर्णय होइनन् । तर पनि सबैलाई चकित पार्दै आएका यी परिणामहरुले आफूलाई उन्मुक्त, अग्रगामी र स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने भनि दावी गर्ने पश्चिमा समाजको यान्त्रिक र नियोजित प्रचार र विज्ञापन उद्योग प्रारुप (एडभरटाइजिंग इन्डस्ट्री मोडेल)मा निरिहतापूर्वक कसरी जेलिएको छ भने स्थितिलाई नराम्ररी नङ्याइदिएको छ ।

तर यो पश्चिमको मात्र होइन, समग्र पुँजीवादी विश्व र यसमा आधारित विश्व राजनीतिक व्यवस्थालाई ‘कू’ प्रभावित गर्दैछ । डोनाल्ड ट्रम्प र बेलायती ‘बे्रक्सिट’ मात्र होइन विगत २५ वर्षभित्र (स्वच्छन्द भनिएपनि) पँुजी र त्यसको हितमा समर्पित राज्यबाट संचालित सूचना, संचार र सोसल मिडिया (प्रचार–विज्ञापन उद्योग प्रारुप) को घोडा चढेर अस्ट्रेलिया, भारत, टर्कीमा उदाएको संकीर्ण राष्ट्रवादी सरकार र राजनीतिले राजनीतिक अर्थशास्त्रीहरुको ध्यान आकृष्ट गरेको छ । उनीहरुले यसलाई एकातिर तीव्ररुपमा विश्व व्यवस्थामा फैलिदै गएको उत्तर सत्य प्रवृत्तिको उदाहरण मानेका छन् भने अर्कोतिर मध्ययुगीन राष्ट्रवादतिरको फर्काई भनेका छन् । वस्तुतः यो अमानवीय र संवेदनाशून्य चरित्रको कारण पुँजी र पुँजीवादको बैश्विक विस्तारमा देखिएको गम्भिर र भयानक (सम्भवतः निर्णायक पनि) संकट हो । ‘गम्भीर र भयानक’ किन भनियो भने जुन संकीर्ण राष्ट्रवाद (सामन्तवाद)बाट मुक्त हुन अठारौँ शताब्दीमा पँुजीवाद प्रगतिशिल चरित्रको रुपमा विश्व व्यवस्थामा अवतरित भएको थियो, एकाइसौँ शताब्दीको प्रारम्भमा त्यस्तै संकिर्ण प्रकृतिको राजनीतिक बर्चस्व बढ्दै गएको छ । विडम्वना के छ भने यो संकट पुँजीवादले आफ्नो भविष्यको निम्ति जन्माएका आफ्नो ‘स्मार्ट’ प्रविधिको उपज हो । यसले पुँजीवाद अन्तिम विकल्प होइन भन्ने ऐतिहासिक सत्यलाई एक पटक फेरि प्रमाणित गरेको छ ।

‘उत्तर सत्य’लाई हामी हाम्रै र छिमेकी राजनैतिक परिवेशमा समेत अनुभूति गर्न सकोस् हाम्रै छिमेकी देश भारतमा चुनावमा विजय प्राप्त गर्न जनहितकारी योजनाहरु होइन, प्रसान्त किशोर जस्ता विशेषज्ञ र उनको टिमको भाडामा लिएको र सफलता प्राप्त गरेको भारतीय जनता पार्टी र नरेन्द्र मोदीको सफल सरकारलाई उदाहरणको रुपमा लिन सकिन्छ । गजब त के छ भने यिनीहरु प्रसान्त किशोरलाई अव कांग्रेसले भाडामा लिएको छ ।

नेपाली संस्करण 

हामी कहाँ नै हेरौँ– सत्ताभित्र सरकार र प्रतिपक्ष एक आपसका विरुद्ध तरवार लिएर उभिएको छ । संघीयतावादीहरु सडकमा गर्जिरहेका छन् । विदेशी सहायतामा संचालित गैर सरकारी संस्था (गैसस–एनजिओ)हरुले समाजको तल्लो एकाइसम्म पुगेर तथ्य संग्रह गरीरहेको दावी गरिरहेका छन् । यी गैससहरुले राज्यजस्तै गरिबी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार, विकास, द्वन्द्व–समाजका सबै आयाममा गतिशील रहेको दावी गर्छन् । सबैका आ–आफ्ना तथ्य, तथ्यांक बहस र तर्कहरु छन् । यी तथ्य, तथ्यांक र तर्कहरु अत्याधुनिक सूचना–संचार र सोसल मिडियाको माध्यमबाट जनतासम्म पुग्दैछ । सबैले आ–आफ्ना तथ्यहरुलाई सत्यको रुपमा परिभाषित गरिरहेका छन् । गजब के छ भने यी कथित सत्य–तथ्यहरु एकअर्काका अन्तरविरोधी छन् । यसले हाम्रो परिवेशको गंजागोल स्थिति नङ्याउँछ ।
एउटा अर्को महत्वपूर्ण विन्दु के छ भने यी समग्र उथलपुथल ‘रुप’मा केन्द्रित छ ‘सार’ सबै ठाउँमा उपेक्षित छ । अथवा नियोजित रुपमा उपेक्षामा पारिएको छ । हामी कहाँ अहिले सबैतिर दुईवटा विषय ‘टप आँफ द लीड’ छ– राज्यको पुनःसंरचना र शासकीय स्वरुपको प्रश्न । राज्यको पुनःसंरचनाको विषयलाई लिएर मधेशवादी लगायत संघीयतावादी शक्तिहरु संसददेखि बहसरत् र संघर्षरत्त देखिन्छन् । त्यस्तै शासकीय स्वरुपको विषयलाई पारम्परिक चरित्रको सरकार र यसका स्थायी अंगहरु (न्याय, सुरक्षा, कर्मचारीतन्त्र) सक्रिय छ । तर यी राज्यको पुनःसंरचना वा शासकीय स्वरुप कसको निम्ति भन्ने प्रश्न कतै उठेको देखिँदैन । तात्पर्य के छ भने, राज्यको पुनःसंरचना होस् चाहे शासकीय स्वरुप– यी दुवैमा उत्पीडित वर्ग र समुदायको अधिकारको बहस गौण छ । यहाँ मधेशको पहाड, हिमाल, मधेशी, आदिवासी–जनजाति, मुस्लिम, दलित, महिला, संघीयता, गैरसंघीयता, धार्मिकता, धर्मनिरपेक्षता, प्रदेश, उपप्रदेश सबै बहस छ । तर यी सबै बहसभित्र मजदुर–किसान, गरिब, समग्रमा श्रमजीवि वर्गको बहस कहि पनि छैन । समग्र मानवीय सभ्यताको यो आधारभुत प्रश्नलाई उपेक्षा गरेर हुने बहस, पुनःसंरचना वा शासकीय स्वरुपलाई न्यायपूर्ण कसरी भन्न सकिन्छ ? तर वैचारिक त्रासदी के छ भने यस प्रकारका प्रश्न उठाउनेहरुलाई ‘अफ डेटेट’, ‘जड़’ र असान्दर्भिक भनिन्छ । यी भ्रमपूर्ण बहसहरुलाई अन्तिम सत्य सावित गर्न यहाँका चौविस घण्टे न्यूज च्यानलहरु, अर्धाकांक्षी बौद्धिकहरु स्याल भुकाई झैँ कोकोहोलो मचाईरहेका छन् र गोयबल्स सत्यलाई स्थापित गरिरहेका छन्– ‘एउटा झुठलाई सय पटक दोहो¥याइयो भने सत्यमा परिणत हुन्छ’ । यसको प्रभाव कतिसम्म जब्बर छ भने नेपाली समाजको राजनीतिक परिवर्तनमा श्रमजीवि वर्गको प्रतिनिधि भन्ने कम्युनिष्ट पार्टीहरु समेतको एजेण्डामा पनि यो विषय उपेक्षित झैँ देखिन्छ । त्यहाँ, राष्ट्रवाद, विस्तारवाद, साम्राज्यवाद, संघीयता, सबैको निम्ति आन्दोलन छ, तर मजदुर–किसान लगायत श्रमजीवि वर्गको अधिकारको निम्ति कुनै ठोस आन्दोलन अथवा संघर्षको कार्यक्रम कतै देखिदैँन । परिणामतः स्वयम् श्रमजीवि वर्ग पनि राजनीति, पुँजी र ‘स्मार्ट र डिजिटल’ सूचना संसारको भ्रमात्मक माखेसांगलोमा परेर आफ्नै अधिकारको प्रश्नप्रति उदासिन रहन्छन् र सहायक र झिनामसिना मुद्दाहरुलाई नै मुख्य मानेर ज्यान गुमाउन समेत तयार हुन्छ । उ (श्रमजीवि वर्ग) यस सत्यप्रति उदासिन रहन्छन् कि वर्तमान संसदीय राजनीति व्यवस्थामा (जो वास्तवमा राष्ट्रिय–अन्तर्राष्ट्रिय पूजीपती वर्गको एजेण्टहरुको व्यवस्था हो) । राजनीतिक दलहरु आन्तरिकरुपमा जति अन्तरविरोधी देखिएपनि निर्णायक अवसरहरुमा एक हुने गर्दछन् । संघीयता र राष्ट्रवादीताको नाममा र (वास्तवमा कुर्सी हेराफेरिमा) एकअर्काको कटुविरोधी देखिने नेका–एमाले–माओवादी केन्द्र होस्, मधेशको नाममा संसदीय बैठक बहिस्कार गर्दै आएका मधेश केन्द्रित दलहरु होस्, वा आदिवासी–जनजातिको नाममा संसदमा पुगेका दलहरु वा दक्षिणपन्थी राप्रपाहरु होस्– देशका गरिब जनतालाई सुविधा दिनुको साटो संसदहरुको तलब भत्ता बढाउने विधेयकमा सबै एकै ठाउँमा देखिए । श्रमजीवि वर्ग र समुदायको हीत र वर्तमान राज्य व्यवस्था कहिल्यै नमिल्ने गरी सामानान्तर रेखामा छ । तर आधारभूत सत्य उपेक्षित छ । र सबैतिर उत्तरसत्यको वर्चस्व छ । सत्तामा प्रधानमन्त्रीदेखि सन्तरीसम्मले सरकारको कागजी कामहरुलाई तथ्यांकमा प्रस्तुत गरिरहेको छ । यसमा प्रतिपक्षी सांसदहरु पनि छन्, किनभने उनको माध्यमबाट उनको संसदीय क्षेत्रमा पनि बजेट गएको छ । उनको क्षेत्रमा पनि अधिकतम कागजी काम नै भएको छ । तर उनी असफल देखिन चाहदैँनन् । त्यसैले उनी पनि गर्वसाथ सरकारजस्तै तथ्यांक प्रस्तुत गर्दछन् । यो कागजी तथ्यांक राष्ट्रिय जीवनको सबै क्षेत्रमा हावी छ । देशको स्मार्ट मिडियाले यी तथ्यांक (डाटा)हरुलाई तथ्य (फ्याक्टस्)को रुपमा प्रस्तुत गर्दछन् र यी सारा गोरख धन्धाबाट अनभिज्ञ जनता आफ्ना मत (भोट) जनप्रतिनिधि, ज्ञानी मान्दै आएका बौद्धिकहरु र चमकदार मिडियामाथि विश्वास गर्दै यी ‘तथ्य’हरुलाई आ–आफ्ना पारम्परिक विश्वास र भावानात्मक आवेशको आधारमा ‘सत्य’ स्वीकार गर्दछ । यो हो हाम्रो राजनीतिको उत्तर सत्य ।

अझ यस नेपाली उत्तरसत्यलाई गहिरिएर हेर्नुभयो भने तपाईले यसभित्र अन्तरविरोधी चित्र हेर्नु हुनेछ । नेपाली राजनीतिमा गणतन्त्रको आगमन पछि राजतन्त्रवाद, संकीर्ण धार्मिक (विशेषतः हिन्दु कट्टरपन्थी) अह्म र सामन्तवादी संकीर्ण राष्ट्रियता दक्षिणपन्थी आधारहरु छन् । कमल थापा र पशुपति शमशेरको (एकीकृत) राप्रपा लगायत केही धार्मिक–राजनीतिक शक्तिहरु घोषितरुपमै यी दक्षिणपन्थी आधारलाई स्वीकार गर्दछन् र व्यापक जनसमुदायबाट आलोच्य पनि छन् । तर रोचक के छ भने प्रायः सबै गणतन्त्रवादी र संघीयतावादी दलहरुभित्र संकीर्ण धार्मिक अह्म र संकीर्ण राष्ट्रवादले गहिरो जरो गाड्दैछ । त्यति मात्रै होइन, राजनीतिक दल मात्र होइन आफूलाई धर्म निरपेक्ष भन्ने संविधान र राज्य व्यवस्था समेत धार्मिक अह्मबाट मुक्त छैन । त्यसरी नै स्थायी सरकार भनिने कर्मचारीतन्त्र, सुरक्षातन्त्र (सेना–प्रहरी) र न्याय प्रणाली धार्मिक अह्म र संकीर्ण राष्ट्रवादबाट मुक्त हुन सकेको छैन । शिवरात्रीको दिन सेनाको स्थापना दिवसमा गोर्खाली सामन्ती राष्ट्रवादी अह्म र धर्म विशेषप्रतिको अहंकारी परम्परा धर्मनिरपेक्ष गणतन्त्रमा पनि जारी नै छ । वस्तुतः हाम्रो हाम्रो गणतन्त्रभित्र लुकेको यो पुनरुत्थानवाद हो । यो ‘उत्तरसत्य’ को विश्व प्रवृत्ति पनि हो ।

पुँजीवादको चिन्ता

‘उत्तरसत्य’को विश्व प्रवृत्ति । बेलायतमा यूरोपियन यूनियनबाट अलग्गिने निर्णय, अमेरिकामा ‘मेक ग्रेट अमेरिका अर्गन’ सहितको गोरा वर्चस्व (ह्वाइट सुपरमेसी) सहित कट्टरदक्षिणपन्थी ट्रम्पको उदय, एसियामा ‘मदर रसियन’को संकिर्ण नारासहित ब्लादमिर पुटिन, टर्कीमा संकीर्ण स्लामिक शासकहरु, भारतमा मोदीको हिन्दु कट्टरपन्थ, विगत २५ वर्षमा र विशेष गरी एक्कसाइसौँ शताब्दीमा सूचना–संचार र सोसल मिडियाको घोडचढी गरी उदाएका उत्तरसत्यका चित्रहरु हुन् । अक्सफोर्ड डिक्सनरीजले अहिले आएर उत्तरसत्य बारे ध्यान आकृष्ट गराउन खोजेपनि प्रोफेसर विलियम डेभिजका अनुसार यो विगत पाँच सय वर्षदेखिको सामाजिक रुपान्तरणको ‘मध्य’ ‘स्मार्ट’ प्रविधिबाट (टैक्नोलोजी)को माध्यमबाट प्रतिदिन विस्तृत हुँदै गएको संक्रमण हो । प्रोफेसर डेभिज अस्वाभाविक रुपमा यस कालखण्डमा भएका फ्रान्सीसी क्रान्ति, यूरोपिय पुनर्जागरण, विश्वभरिका राष्ट्रिय मुक्ति संघर्षहरु र परिवर्तनहरु तथा अभूतपूर्व वैचारिक र वैज्ञानिक परिवर्तनहरुप्रति उपेक्षा भाव राखेको जस्तो देखिन्छन् । लाग्दछ उनी सामाजिक परिवर्तनबाट पुँजी, धर्म र राजनीतिक गठजोडबाट नाकारात्मक इतिहासको विकासमा आफूलाई बढी केन्द्रित गरेका छन् । तर पनि उनले वर्तमान उत्तरसत्यलाई सटिकरुपमा खुट्याएका छन्– ‘‘यो (उत्तर–सत्य)यस्तो संक्रमणको मध्य हो, जसमा समाज तथ्य(फ्याक्ट)बाट तथ्यांक(डाटा)मा रुपान्तरित हुँदैछ ।’’

आधुनिक इतिहासमा ‘उत्तर–सत्य’ साम्राज्यवादको यस्तो बर्चस्वमुलक प्रचार यन्त्र हो, जो भष्मासुर जस्तै अब उसैलाई निल्न खोज्दैँछ । पलमेसन (पुँजीवादको अन्त्य सुरु भयो) जस्तै धेरैले यसलाई माक्र्सवादी, लेनिनवादी परिणति भन्न सक्दछन् । तर त्यसो होइन, माक्र्सले पुँजीको अन्त्यलाई अग्रगामी अर्थमा अनिवार्य परिणति भनेका थिए । यो ‘उत्तर–सत्य’ रुपी परिवर्तनको चरित्र पुनरुत्थानवादी चरित्र हो, पछि फर्काइ हो । अझ भनौँ अन्तर्राष्ट्रिय पुँजीभित्र विद्यमान ऐतिहासिक मन्दी र संकट टार्ने अटो म्याकेनिकल उपायको रुपमा देखिएको हो ।

‘उत्तर–सत्य’को आधुनिक प्रारम्भिक रुप हामी २०औँ शताब्दीको तेश्रो दशकतिर हेर्दछौँ, जतिवेला विश्वराजनीतिमा वर्चस्व स्थापित गर्ने तथ्यको लागि उद्योग (ईन्डष्ट्रिज फोर फ्याक्ट्स)को अवधारणा संगठित रुपमा विकास गरियो । दोश्रो विश्वयुद्धको क्रममा अमेरिकाले अमेरिकन इन्टरप्राईजेज ईन्ष्टिच्यूट जस्ता थिंक ट्यांकहरु स्थापित गरियो । विश्वयुद्ध पछि नयाँ सरकार स्थापनाको निम्ति कुनै एउटा वा अन्य राजनीतिक एजेण्डाको सेवामा तथ्य र अर्थव्यवस्था निर्माणमा यस ‘तथ्य उद्योग’ को प्रयोग गरियो, तर, विशेषतः सोभियत संघ र विश्व कम्युनिष्ट आन्दोलनको विरुद्ध विकसित गरिएको यो ‘उत्तर–सत्य’नामक हतियार सन् १९९० मा साभियत संघको पतनपछि विश्व साम्राज्यवादतिरै फर्किन थालेपछि पँुजीवादी विचारकहरु चिन्तित देखिन थालेका छन् । सन् १९९०को दशकको अन्त्य र सन् २००० को दशकको प्रारम्भमा उदार राजनीतिज्ञहरु माझ साक्ष्यमा आधारित नीति (एचिडेन्स वेस्ड पोलिसी)को विचारको रुपमा लोकप्रिय र शासकीय हितमा आधारित सरकारी योजनाहरुलाई औचित्य प्रदान गर्ने यी वैचारिक हतियारहरु वस्तुतः उत्तर वैचारिक युगका उत्पादहरु थिए ।

स्रोहरुका अनुसार इरान–अमेरिका द्वन्द्व मध्य अमेरिकी देशहरुमा प्रो अमेरिकन कन्ट्रा विद्रोहीको प्रयोग (वा स्क्याण्डल) र खाडी युद्ध सम्बन्धी आफ्ना निबन्धमा सन् १९९२मा नियोजित प्रचारबाट सिर्जित विश्वव्यापी भ्रमको कारण विशिष्ट विचारहरु महत्वहीन र औचित्यहीन हुँदै गएको समय–सन्दर्भलाई सर्भियाली अमेरिकी नाटककार स्टींग टेसिचले ‘पोष्ट ट्रुथ’(उत्तर–सत्य) भनेर पहिलो पटक सम्बोधन गरे । यसपछि उत्तर–सत्यको झड्काहरुको बयान कहिन सक्नु छ– सन् २००४मा अमेरिकी अर्थ राजनीति शास्त्रीय राल्फ केयजले वर्तमान कालखण्डलाई आफ्नो पुस्तकमा पोस्ट– ट्रुथ एरा (उत्तर–सत्य यूग) भने । त्यसैबेला खाडी युद्धमा ईराक विरुद्ध बुस प्रशासन (अमेरिका) ले विश्व सामु सिर्जना गरेको भ्रमपूर्ण जानकारीलाई एकजना प्रसिद्ध पत्रकार एरिक अल्टरम्यानले पोष्ट–टु«थ प्रेसिडेन्सि (उत्तर–सत्य नेतृत्व) र सिर्जित भ्रमपूर्ण वातावरणलाई पोष्ट–टु«थ एड्भान्समेन्ट (उत्तर–सत्य वातावरण) को नामले सम्बोधन गरे तर विश्वव्यापी घातक प्रभावलाई सम्पूर्ण अर्थ–राजनीतिक सांस्कृतिक पक्रियाको रुपमा यसको प्रयोग सन् २००४ मा पश्चिमी विद्वान पोलिन क्राउचले आफ्नो पुस्तक ‘पोष्ट डेमोक्रेसी’ (उत्तर लोकतन्त्र) मा गरे । आफ्नो विश्लेषणमा उनले वर्तमान राजनीतिक व्यवस्थामा वर्चस्व जमाएर बसेको प्रक्रिया, प्रवृत्ति र परिणामहरु माथि प्रहार केन्द्रित गरे । उनले वर्तमान चुनावी पद्धतीलाई धोका र स–साना मुद्दाहरुमा आधारित, व्यवसायी विशेषतः उद्वारा संचालित र यस्तै प्रकारको विशेषज्ञहरुद्वारा नियोजित–नियन्त्रित सार्वजनिक बहसहरुमा आधारित भनेर उनको विचारमा यस उत्तर–सत्य सत्यवादी व्यवस्थामा जनसमुदाय र व्यवस्थावीच राजनीतिक सम्पर्कको लागि सिर्जित–संचालित विज्ञापन उद्योग प्रारुप (एडर्भटाइजिंग ईनडष्ट्रिज मोडेल)ले व्यवस्था र जनता वीच विश्वशको संकट उत्पन्न गराएको छ । उनको दिक्दारी कति छ भने उनले वर्तमान यूगलाई उत्तर लोकतन्त्र अर्थात लोकतान्त्रिक व्यवस्था पछिको युग भनेका छन् । त्यो भनेको धोका बेइमानी र गफको युग हो ।

अन्तिम कुरा

विसौँ शताब्दीको सत्तरीको दशकबाट सुरु भएको उत्तर वैचारिक यात्रामा उत्तर दार्शनिकहरु पहिल्यै पटक पुँजीवादी–विचार र व्यवस्थाको वैचारिक व्यर्थता र जनहित विपरिततालाई उत्तर सत्यको रुपमा स्वीकार गरेका छन् । होइन भने सन् १९९० सम्म उनीहरुले समाजवादी विचार र व्यवस्था धारासायी पनि नै उत्तर आधुनिक र उत्तर–माक्र्सवाद जस्ता उत्तर विचार र उत्तर–संस्कृतिको भ्रम छर्ने गरेका थिए । उत्तर–दर्शन र उत्तर–संस्कृति मानिस र समाजलाई सत्य र जीवनको निम्ति संघर्षबाट टाढा पु¥याएर विश्व पुँजीवादको दुनो सोझ्याउने दाउ मात्र हो भनेर माक्र्सवादी समाजवादी चिन्तकहरुले भनेका गरेका थिए । ‘उत्तर–सत्य’ ले यसलाई सही सावित गरेको छ ।

तर जस्तो की माक्र्सले भनेका थिए– ‘बुझ्न होइन बदल्नु महत्वपूर्ण हो’ र यसको निम्ति वर्तमान भ्रमपूर्ण र जन अहीतकारी विश्व व्यवस्था र यसका नक्कली औचित्यबाट मुक्त हुन जरुरी छ । उत्तर सत्यका संश्लेषक र विश्लेषकहरुले पुँजीवादी विश्व व्यवस्थाको शासनको छद्मता र बेइमानीलाई नङयाएपनि उनीहरुले विश्वव्यवस्थामा श्रम र श्रमिकहरुको भुमिका, शोषणको स्थिति चतु¥याईपूर्वक लुकाएका छन् । तर पनि अप्रत्यक्षरुपमै भएपनि उनीहरुको मान्यताले माक्र्सवाद र समाजवादलाई सशक्त विकल्पको रुपमा उभ्याएको छ ।

हाम्रो देश, यति बेला चौबाटोमा खडा छ । उपरी हिसाबले शासकीय स्वरुप र राज्यको पुनःसंरचनाको बहस र रस्साकसीमा व्यस्त छ । तर मुल प्रश्न भने वैचारिक व्यवस्थाको नै हो– यो देश नाफामा आधारित पुँजीवादी बजार व्यवस्थाअन्तर्गत यी श्रमको सर्वोच्चता, उत्पादनको समान वितरण र जनहीतप्रति जिम्मेवार समाजवादी व्यवस्थाबाट संचालित हुने हो ? हाम्रो देशको ‘उत्तर–सत्य’के हो भने यहाँ पुँजीवादी राजनीतिज्ञहरु समाजवादको क्रिया खाने गर्दछन् भने आफूलाई समाजवादी भन्ने राजनीतिज्ञहरु पुँजीवादी भ¥याङ चढेर शासनमा हिस्सेदारी गर्दैछन् ।

यतिबेला जनता अन्योलग्रस्त र अमुल परिवर्तनकारी शक्ति कमजोर स्थितिमा भएपनि समग्र साम्राज्यवादी–विस्तारवादी विरोधी शक्तिहरु एकजुट भएर सम्पूर्ण श्रमिक र उत्पीडित समुदायलाई गोलबन्द गरेर वर्तमान नवऔपनिवेशिक चरित्रको शासन व्यवस्थालाई ध्वस्त गर्नु हो ।

साम्राज्यवादी वीचको अन्तरविरोध र झडपहरु र वर्तमान विश्व व्यवस्थाविरुद्ध विश्वभरि चुलिदैँ गएको असन्तोष र आक्रोशले निकट भविष्यमै एउटा विश्वव्यापी ज्वारको संकेत देखिदैँछ । वर्तमान विश्वको ‘उत्तर–सत्य’ वा छद्म व्यवस्थाबाट मुक्त हुन विश्वभरिका जनता सामु संघर्ष र समाजवादी विश्वबाहेक अर्को विकल्प पनि छैन । किनभने यो नै यस्तो व्यवस्था हो । जसले दार्शनिकरुपमा आफूलाई नाफा होइन, समाजप्रति समर्पित गर्दछ ।