सशक्त संघर्षमा उत्रने सेक्युरिटीको चेतावनी

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघले गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिका व्यवस्थापन पक्षलाई अझै पनि वार्ताद्वारा नै त्यहां रहेका सेक्युरिटिहरुका समस्याहरु समाधानका लागि इमान्दार रहन एक प्रेस विज्ञप्ति मार्फत् सचेत गराएको छ । अनेक्रासे संघका केन्द्रीय संयोजक थमानसिंह तामाङद्वारा प्रेसित एक विज्ञप्तिमा सो कुरा जनाइएको हो । गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिमा रहेका मजदुरहरुको […]

दाहालले विहीबार प्रधानमन्त्रीको सपथ लिने

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले विहीबार पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा विहीबार अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ । व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा बहुमतले निर्वाचित भएका हुन् ।

सीटीईभीटीमा शुल्क वृद्धिविरुद्ध क्रान्तिकारीको ३२ बुँदे मागपत्र पेश

भरतपुर । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा ३२ बुँदे मागपत्र पेश गरेको छ । क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष अमृत चापागाईको नेतृत्वमा सीटीईभीटी मध्य क्षेत्रीय कार्यलय भरतपुर चितवनमा बढाइएको शुल्क घटाउन तथा वैज्ञानिक शुल्क कायम गर्नुपर्नेसहितका ३२ बुँदे मागपत्र पेश गरिएको हो […]

कांग्रेस सभापतिलाई डेढ वर्षको जेल सजाय

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामालाई ठगीको मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न प्रहरीलाई आदेश दिइएको छ । उनीमाथि ठगीको आरोपमा सर्वोच्चले गरेको फैसला कार्यन्वयन गर्न फैसला कार्यन्वयन निर्देशनालयले जिल्ला अदालत चौतारालाई पत्र पठाउँदै वैदेशिक रोजगारी कसुर मुद्दामा अदालतको फैसला कार्यन्वयन गर्न आदेश दिएको हो । उनी दुई महिनाअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका […]

माके छाड्दै दुई दर्जन कार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

कपिलवस्तु । नेकपा माओवादी केन्द्र संसदीय भासमा पतन भएको र उसको नेतृत्वमा नेपालमा श्रमजीवि शोषितको हितमा कुनै पनि क्रान्ति नहुने भन्दै माओवादी केन्द्रका दुई दर्जन कार्यकर्ताहरु बुद्धबाटिकामा भएको एक कार्यक्रममा माओवादी पार्टी परित्याग गर्दै उनीहरु नेकपा (क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुमा […]

एमालेले प्रधानमन्त्रीमा उम्मेदवार नउठाउने, मतदान चाँहि प्रचण्डको विपक्षमा

काठमाडौं । नेकपा एमालेले नयाँ प्रधानमन्त्री पदका लागि बुधबार हुने निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीका लागि उम्मेदवार नठाउने नदिने निर्णय गरेको हो । प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिए पनि प्रचण्डको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय बैठकले गरेको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । एमालेले आफूले अघि […]

एमालेबाट नेम्बाङ प्रधानमन्त्रीका उम्मेदवार

काठमाडौं । नेकपा (एमाले)ले पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुभाष नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ । एमाले नेता रवीन्द्र अधिकारीले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई अघि सार्ने बताए । रिपोर्टर्स क्लबले सोमवार आयोजना गरेको साक्षात्कारमा पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेतालाई अघि सारिने […]

अखिल (क्रान्तिकारी) द्वारा लिपुलेकबारे राष्ट्रसंघ महासचिव मुनलाई ज्ञापनपत्र पेश

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले लिपुलेकका विषयमा राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको छ । संयोजक सेवन्तराज भण्डारीको नेतृत्वमा गएको अखिल क्रान्तिकारीको टोलीले सोमबार ललितपुरको हरिहरभवनस्थित राष्ट्रसंघ भवनमा पुगेर नेपाली भूमी लिपुलेकका विषयमा भारत र चीनबीच भएको सम्झौता खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । लिपुलेक नेपाली […]

संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिद्वारा सङ्घर्षको घोषणा

देशमा विद्यमान सुकुम्वासी सङ्घ, सङ्गठन तथा संस्थाहरुद्वारा आज शुक्रबार वुद्धनगरमा एक संयुक्त वैठक बसी संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति निर्माण गरी सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिले नदी वरपरका वस्तीहरुलाई उठाउन १५ दिने अल्मिेटम जारी गरेलगत्तै यो सङ्घर्ष समिति गठन […]

‘अतिक्रमणकारीविरुद्ध जाइलाग्नु न्यायपूर्णभएको क्रान्तिकारी माओवादीको ठहरः घाइते सबैको तत्काल निःशुल्क उपचार गर्न र क्षतिपूर्ति दिन सरकारसंग माग’

काठमाडौं । क्रान्तिकारी माओवादीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीमाथि भारतीय शासक वर्गले गर्दै आएको चौतर्फी अतिक्रमण विरुद्ध देशभक्त, स्वाभिमान र बहादुर नेपाली एक भएर जाइलाग्नु न्यायपूर्ण भएको ठहर गरेको छ । अन्तर्राष्ट्रिय कानुन विपरीत दुई देश वीचको दशगजाभित्रको सीमा मिचेर कुनौलीको खांडोखोलामा एकपक्षीय रुपमा बांधिरहेको बांधले नेपालको वस्ती डुबानमा परेपछि स्थानीय नेपाली अतिक्रमणकारी विरुद्ध […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...