शम्भु सदाका हत्याराहरुलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन दलित मुक्ति मोर्चाको जोडदार माग

काठमाडौं । जेठ २७ गते धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ का शम्भु सदालाई प्रहरी कार्यालयभित्रै झुण्ड्याएर हत्या गरिएको भन्दै उक्त हत्याकाण्डमा संलग्न दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन, शम्भु सदाको हत्याकाण्डको विरोधमा भएको धनुषाबासीको विरोध प्रदर्शनमाथिको दमन बन्द गर्न र घाइतेहरुको निःशुल्क उपचार गर्न नेकपा (क्रान्तिकारी माओवादी) निकट दलित मुक्ति […]

अब एमसीसी पनि सर्वसम्मत खारेज गर !

  भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक संसदबाट सर्वसम्मतले पारित भयो । यो नक्सामा सुस्तासहित अन्य ७१ ठाउँमा अतिक्रमित भूमि समेटिएको छ कि छैन, त्यो पनि सरकारले स्पष्ट पार्न जरुरी छ । अब अतिक्रमित भूमि फिर्ताको वातावरण निर्माण गर्न उच्चस्तरीय […]

चरणबद्ध लकडाउन खुकुलो पार्ने योजनामा सरकार, आजबाट के के खुल्ने भए ?

काठमाडौं । लक डाउनको ८० औं दिनबाट सरकारले चरणबद्ध रुपमा यसलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले महामारी नियन्त्रण र रोकथाम गर्न नसकेपछि र चौतर्फी आलोचना र उल्लंघन हुन थालेपछि सरकारले यातायात, व्यापार–व्यवसाय र सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार […]

भारतीय विस्तारवादको पक्षपोषण गरेको भन्दै सरिता गिरीलाई सांसद पदबाट अविलम्ब बर्खास्त गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा संसद सदस्य समेत रहेकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले लगातार नेपालको राष्ट्रियता, सीमा र सरकारले जारी गरेको नयाँ नक्सालाई लिएर विवादित र आपत्तिजनक अभिव्यक्ति दिंदै भारतीय विस्तारवादको पक्षपोषण गरेपछि उनलाई कारबाही गर्न चौतर्फी रुपमा माग भएको छ । सांसद सरिता गिरीलाई कारबाही गर्न उनकै पार्टी जनता समाजवादीलाई दबाब दिइएको छ । […]

एमसीसीको फन्दामा पारेर नेपाललाई अमेरिकी सैनिक अखडा बनाउने षड्यन्त्र भइरहेको भन्दै जेठ ३० गतेको विरोध प्रदर्शनमा सहभागि हुन देजमोले ग¥यो यस्तो अपिल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र अमेरिकी साम्रज्यवादी परियोजना एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ । जेठ ३० गते दिनको १ बजे माइतीघर मण्डलामा गरिने विरोध प्रदर्शनलाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । […]

क्रान्तिकारी पत्रकार महासंघको बैठक सम्पन्न : एमसीसी सम्झौता खारेज गर्न माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । २०७७ साल जेठ २३ र २४ गते सम्पन्न भएको भर्चुअल बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको र सो सम्झौतामा उल्लेखित प्रावधानहरुले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा गम्भिर आँच पु¥याउने देखिएकोले एमसीसी सम्झौता खारेज गरिनुपर्ने ठहर […]

‘जनतासँग घनिष्ठ सम्बन्ध बनाउने कार्यशैली’बारे

जनतासँग घनिष्ठ सम्बन्ध बनाउने र सबै विषयमा तिनीहरुसंग छलफल गर्ने कार्यशैली पार्टीको परम्परागत कार्यशैली हो र शक्तिको स्रोत हो, जसले पार्टीलाई सबै दुश्मनलाई हराउन र सबै समस्याको सामना गर्नसक्ने बनाएको छ । माक्र्सवादले मान्दछ कि जनसमुदाय भनेका इतिहासका मालिक हुन्, तिनीहरु समाजलाई अगाडि बढाउने निर्णायक शक्ति हुन् । जनसमुदाय केबल संसारको भौतिक र आत्मिक सम्पत्तिका […]

डबल नेकपाको अन्तर विरोध कहाँ गएर टुंगिने छ ?

अहिले सरकार चलाइरहेको नेकपा (नेकपा) को बारेमा जनस्तरमा ब्यापक बहस छलफल र आलोचना भइरहेको छ । जब डबल नेकपाको सरकारले राष्ट्रहित र जनहित विपरित कामहरुमा वृद्घि गर्दै गयो, भ्रष्टाचारलाई संस्थागत रुपमा अगाडी बढाउदै लग्यो र भ्रष्टाचारीहरुलाई कार्वाही गर्नुपर्नेमा सम्रक्षण गर्दै गयो तब यो पार्टी र सरकारको विषयमा ब्यापक टिका टिप्पणीहरु र आलोचना भैरहेको छ । […]

माक्र्स, क्युबा र कोरोना

माक्र्सको आज २०२ औं जन्म जयन्ती । माक्र्सवादी सिद्धान्तले लैस रुसको बोल्सेभिक पार्र्टीको नेतृत्वमा सन १९१७ अक्टोबर क्रान्तिको ५० वर्ष पछि विश्वमा २९ वटा समाजवादी सरकार बने । अक्टोबर क्रान्तिको १०० वर्षपछि २१ औं सताब्दीमा विश्वमा थोरैमात्र समाजवादी सरकारहरू अस्तित्वमा रहेका छन त्यसमध्येको एउटा क्युबाको सरकार अझै समाजवादी बाटोमा बढिरहेको छ । फिडेल काष्ट्रो सत्तामा […]

कोरोना कहर र मजदुर दिवस

मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । – (माक्र्स–सेप्टेम्बर १८७१, लन्डनमा भाषण) माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ […]