थारु आन्दोलनलाई गति दिन थारु मोर्चाको बैठक बस्दैं

नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठक पश्चिम नवलपरासीको बर्दघाटमा आइतवार बस्दंैछ । तराई मधेशका थारु बहुल जिल्लालाई पहिचान सहितको थारु स्वायत प्रदेश बनाउनुपर्ने लगायतको माग गर्दै आएको यस मोर्चाको बर्दघाटमा हुने केन्द्रीय बैठकले आन्दोलनको कार्यदिशा सहित सम्रग योजना बनाउने मोर्चाका केन्द्रीय अध्यक्ष कमल चौधरीले बताए । […]

जनयुद्धका सहिदहरुको स्मृति

‘दशवर्षे जनयुद्ध’ नेपाली सर्वहारावर्गका लागि मात्र होइन, विश्व सर्वहारावर्गका निम्ति पनि एउटा महत्वपूर्ण परिघटना थियो । २१ औं शताब्दीको पहिलो दशकमा नेपालमा सञ्चालित महान जनयुद्धले विश्व सर्वहारावर्ग तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समेत एउटा उत्प्रेरणा र उर्जा प्रदान गरेको थियो । र, नेपाली सर्वहरावर्गको राज्यसत्ता स्थापनाको सम्मुखमा पुगेको थियो । अर्थात् जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन हुँदै […]

झर्रोटर्रो : हगेपछि दैलो देखियो

नेकपाका दुई नम्बरी अदक्षले अचेल सभासमारोह, पत्रकार भेटघाट र टेलीभिजनका कुराकानीमा फेरी हत्या हिंसा गर्ने विचार छ ? भन्दै आक्रोस पोख्न थालेका छन् । सबैतिरबाट उनका बारेमा टिका टिप्पणी, आलोचना, आरोप आदि इत्यादि लगाएपछि उनको रिसको पारो तात्न थालेको छ । एक पटक जनताका ठेक्का बोकेका महाबरिष्ठ पत्रकारले आफ्नो क्लबको कार्यक्रममा दुईनम्बरी अदक्षलाई साक्षात्कारमा ल्याए […]

राष्ट्रियता जोगाउन दशवर्षे जनयुद्धभन्दा पनि ठूलो लडाइँ अपरिहार्य : अध्यक्ष सिपी गजुरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता जोगाउनका लागि दशवर्षे जनयुद्धको भन्दा पनि ठूले लडाइँ अपरिहार्य रहेको बताएका छन् । ‘राष्ट्रियताको कसिमा माथिल्लो कर्णाली जलविद्युत् परियोजना’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् । अध्यक्ष गजुरेलले शासकहरु पराधीन भएकोले राष्ट्रघात […]

संस्कृति : तीज पर्व कति ठिक कति बेठिक ?

१. भर्खरै नेपाली हिन्दू समाजबाट महिलाहरूले मनाउने तीज पर्वले विदा लिएको छ । भाद्र शुक्ल तृतीया तिथिका दिन पर्ने यो तीज पर्व नेपाली समाजमा हरितालिका तीज नामले पनि चिनिन्छ । यो पौराणिक कथनमा आधारित छ । यद्यपि कुनै पनि धार्मिक संस्कार र संस्कृतिमा आधारित चाडपर्वहरूको श्रोत पौराणिक मिथकहरू नै हुन् । तीज पनि त्यही मिथककै […]

क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न, संगठन विस्तारमा जोड

कैलाली । क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटिको बैठक शनिबार सम्पन्न भएको छ । बैठकले संगठन विस्तारमा जोड दिने निर्णय गरेको छ । बैठकमा राष्ट्रिय सम्मेलनको भाव संप्रेषणका साथै केन्द्रीय योजना, जनपक्षीय पत्रकारिता र श्रमजीवी पत्रकारका हकहित लगायतका विषयमा महत्वपूर्ण छलफल भएको छ । शनिवार कैलालीको अत्तरियामा सम्पन्न बैठकले ९ वटा जिल्लामा मध्ये तीन जिल्लाको […]

किसान महासंघ (क्रान्तिकारी) ललितपुरको संयोजकमा प्रेम डंगोल

ललितपुर । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को एक भेलाले ललितपुरको संयोजकमा प्रमे डंगोललाई चयन गरेको छ । ललितपुरको कुपण्डोलमा शनिबार भएको भेलाले उनलाई संयोजकमा चयन गरेको हो । नेकपा (क्रान्तिकारी माओवादी) किसान महासंघ (क्रान्तिकारी)को उक्त कमिटिका सदस्यहरुमा भेलाले मोहन लामा, पासाङ दोङ, सुनिल वाइवा, बाबुलाल लोप्चान लगायतलाई चयन गरेको छ । भेलाले पछि ४ सदस्य […]

‘लोकतान्त्रिक अभ्यासको नाममा फासिवादी अभ्यासमा ओली सरकार’

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले प्रधानमन्त्रीकेपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताएका छन् । मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा मात्रै सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केहि गम्भिर परिस्थिति नभएकोले सो बैठक […]

क्रान्तिकारी माओवादीको ‘काठमाडौं मार्च अभियान’ : ¥यालीसहित असनमा सन्देशसभा

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले जारी पाँच हप्ते ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत बिहीबार ¥यालीसहित काठमाडौंको असन चोकमा सन्देश सभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका पश्चिम नगर कमिटिको आयोजना गरिएको सन्देश सभालाई पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल‘गौरव’ले सम्बोधन गरेका छन् । असनबाट निस्किएको ¥याली ठमेल, कमल पोखरी […]

देशभक्त जनगणतान्त्रिक मोर्चाको १. प्रदेशको सम्मेलन सम्पन्न, अध्यक्षमा शान्तिराम गिरी निर्वाचित

इटहरी । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको १ नं. प्रदेशको सम्मेलन सम्पन्न भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल‘गौरव’को प्रमुख उपस्थितिमा सम्पन्न सम्मेलनले शान्तिराम गिरीलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ । सुनसरीको इटहरीमा सोमबार सम्पन्न सम्मेलनले गिरीको नेतृत्वमा ३५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षहरुमा अम्बिका रेग्मी […]