मगर राष्ट्रिय मुक्ति मोर्चाको भेला मंसिर ११ र १२ गते बुटबलमा

काठमाडौं । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेला मंसिर ११ र १२ गते बुटवलमा हुने भएको छ । मोर्चाको पाल्पाको तानसेनमा सम्पन्न भएको बैठकले बुटवलमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेलाले राष्ट्रिय भेला सम्पन्न गर्न मोर्चाका संयोजक भीम श्रीसमगरको संयोजकत्वमा भेला मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको […]

यसकारण स्थगित भयो सभामुख घर्तीको जेनेभा भ्रमण

काठमाडौं । सभामुख ओनसरी घर्तीको जेनेभा भ्रमण अचानक स्थगित भएको छ । अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन सभामुख घर्ती शुक्रबार जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीको जेनेभा जाने कार्यक्रम स्थगित भएको हो । महाअभियोगको […]

संसद बैठक विशेष कारणबस भन्दै स्थगित, लोकमानको छलफल रोकियो

काठमाडौं । व्यवस्थापिका–संसदको बैठक आगामी आइतबार सम्मका लागि स्थगित भएको छ । विशेष कारणबस भन्दै संसद सचिवालयले संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । बिहीबारको बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा छलफलको दिन र समय तोक्ने कार्यसूची थियो ।

बस र ट्रक ठोक्किँदा ३ को मृत्यु, १३ घाइते

सिराहा । सिराहाको मिर्चैयामा यात्रुवहाक बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ बर्षीय ननुका राई रहेका छन् । गएराति साढे १२ बजे मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको […]

महाअभियोग दर्ता भएसँगै अख्तियार प्रमुख कार्की निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै कार्की स्वतः निलम्बनमा परेका छन् । संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत […]

राष्ट्रको ढिकुटीमा सांसद्हरुको ब्रम्हलुट !

काठमाडौँ । आम श्रमजीवि जनताको श्रम र पसिनाबाट जम्मा गरिएको राष्ट्रिय ढिकुटी रित्याउन संसदहरुले संसदमा विधेयक नै पेश गरेका छन् । ज्वरो आउँदा सिटामोल नपाउने, पेटभरि खान नपाउने र शरीर ढाक्ने लुगा लगाउन नपाउने स्थितिबाट गुज्रिन वाध्य श्रमजीवि जनताका प्रतिनिधि भनाउँदाहरुले महंगीलाई कारण देखाउँदै राष्ट्रको ढिकुटीमाथि ब्रम्हलुट मच्चाएका छन् । व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको […]

आयोगको नयाँ प्रस्ताव : पहिचान र सामथ्र्यविनाका ७४२ वटा स्थानीय तह

२ कात्तिक, २०७३ । स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले पहिचान र सामथ्र्यविनाका पुरानो प्रस्तावको विकल्पमा ७४२ वटा स्थानीय तहको प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले यसअघि ५६५ संख्या प्रस्ताव गरेको थियो । प्रमुख दलहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि तीन दलीय सहमति अनुसार मन्त्रिपरिषद्ले आयोगको मागदण्ड संशोधन गरेको थियो । त्यसपछि देशभरिका ९२७ इलाकालाई नै संख्या […]

क्रान्तिकारी माओवादीले ग¥यो केन्द्रीय सदस्यमाथि कारबाही

कात्तिक १, २०७३ । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय कार्यालयको बैठकले पार्टीका केन्द्रीय सदस्य शिव कट्टेलले गुट परस्त तथा फुट परस्त गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी कार्यालय बुद्धनगरमा सोमबार बसेको कार्यालयको बैठकले केही समय पहिले केन्द्रीय समितिबाट निलम्बित गरिएका कट्टलले सच्चिनुको बदला झनै पार्टी विरोधी गतिविधिमा सक्रिय देखिएकोले पार्टी सदस्यता लगायत […]

क्रान्तिकारी माओवादीका प्रवक्ताकी छोरीको ‘प्रगतिशिल विवाह’

बुटबल । बुटवलको कस्तुरी होटलमा २८ असोजमा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलकी कान्छी छोरी रोजिना कँडेलको विवाह पाल्पाका शिक्षक खगेन्द्र पोखरेलका छोरा संजीव पोखरेलसँग सम्पन्न भएको खबर प्राप्त भएको छ । क्रान्तिकारी माओवादीको अवध राज्यले आयोजना गरेको प्रगतिशिल विवाह समारोहको प्रमुख आतिथ्यता पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले गरेका थिए भने पार्टीका आधा दर्जन नेताहरुको उक्त […]

२५ बुँदे संयुक्त वक्तव्य ‘कुटनीतिक भड्काव’ भएको सांसदहरुको आरोप

१ कात्तिक, २०७३ । संसदको आइतबारको बैठकमा बोल्दै एमाले सांसद राजन भट्टराईले आन्तरिक विषयलाई दुइपक्षीय सम्बन्धसँग जोड्ने प्रधानमन्त्रीको कदमलाई ‘कूटनीतिक भडकाव’को संज्ञा दिए । प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला जारी संयुक्त विज्ञप्तितर्फ संकेत गर्दै उनले दुईपक्षीय कूटनीतिक सम्बन्धलाई चुनावी भाषणजस्तो हल्काफुल्का ढंगले नलिन सरकारको ध्यानाकर्षण गराए । पूर्ववर्ती एमाले नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन […]