क्रान्तिकारी माओवादीका प्रदेश सचिव चिन्तकलाई पुत्रशाेक, पार्टीद्वारा हार्दिक समवेदना व्यक्त

क्रान्तिकारी माओवादीका प्रदेश सचिव चिन्तकलाई पुत्रशाेक, पार्टीद्वारा हार्दिक समवेदना व्यक्त


काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामकहादुर महरा चिन्तकलाई पुत्रशाेक परेकाे छ । चिन्तकका पाँच महिने छाेरा आदि महराकाे शिशु अवस्थामै निधन हुन पुगेकाे छ । उनकाे नसमाेनियाका कारण निधन भएकाे हाे ।
नेकपा (क्रान्तिकारी माओवादी)सुदूरपश्चिम प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गर्नुभएकाे छ । मंगलबार बिहान धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा ५ महिने आदिको निमोनिया, झाडापखालाका कारण निधन भएको शाेक वक्तव्यमा उल्लेख छ ।
दुःखद निधनप्रति क्रान्तिकारी माओवादीका प्रदेश इन्चार्ज अनुकूलले शोक वक्तव्य जारी गर्दे शोकाकुल परिवारमा धर्यधारणा गर्ने क्षमता प्राप्तिको कामना र विश्वास गर्दे गहिरो समवेदना प्रकट गर्नु भएकाे छ ।
कञ्चनपुरको सुक्लाफाँटा नगरपालिका–१ बनसाहा निवासी नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सेक्रेटरी रामबहादुर महराका दोस्रो सन्तानका रूपमा आदिको पाँच महिना अगाडि जन्म भएको थियो।
जन्मजातरुपमा केही अस्वस्थ रहेका छोराको उपचारका लागी केही दिन अघि काठमाडौँ लगेका महराले छोराको झाडापखालाका कारण शल्यक्रिया गर्न नसकिने बताइएपछि घर ल्याएका ल्याउनु भएकाे थियाे । उनको धनगढी स्थित निसर्ग हस्पिटलमा सामान्य उपचारका क्रममा निधन भएको जनाइएको छ।