क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई ‘शमि साहित्य साधना पुस्कार’बाट सम्मान गरिने, किरणद्वारा लिखित पुस्तक ‘माक्र्सवादी समालोचना’ लोकार्पण हुँदै

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई ‘शमि साहित्य साधना पुस्कार’बाट सम्मान गरिने, किरणद्वारा लिखित पुस्तक ‘माक्र्सवादी समालोचना’ लोकार्पण हुँदै


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणलाई ‘शमी साहित्य साधना पुरस्कार’बाट सम्मान गरिने भएको छ । हरेक बर्ष प्रदान गरिने शमी साहित्य साधना पुस्कार यस वर्ष बरिष्ठ माक्र्सवादी सौदर्य चिन्तकको रुपमा ख्यातिप्राप्त व्यक्तित्व समेत रहनु भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई प्रदान गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्था शमी साहित्य प्रतिष्ठानका अनुसार फागुन २८ गते शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक भव्य साहित्यिक समारोहका बीच मोहन वैद्य किरणलाई शमी साहित्य साधना पुस्कारबाट सम्मान गरिने छ कार्यक्रम रहेको छ ।

सो समारोहमा नेकपा (मसाल)का महामन्त्री  माेहन विक्रम सिंहलाई प्रमु्ख अतिथिको रुपमा निम्त्याइएको छ । सोही समारोहमा मोहन वैद्य किरणद्वारा लिखित ‘माक्र्सवादी समालोचना’ पुस्तक समेत लोकार्पण गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा माक्र्सवादी साहित्य क्षेत्रका साहित्यिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति हुने बताइएको छ ।