न्युज एजेन्सी । भाकपा (माओवादी) संग कथित सम्बन्धको आरोपमा नागपुर केन्द्रीय कारागारमा आजीवन कारावासमा रहेका राजनैतिक बन्दी तथा दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जी एन साईबाबालाई तुरुन्त रिहा गर्नको लागि बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व समितिले बुधबार माग गरेको छ ।

९० प्रतिशतभन्दा बढी शारीरिक अशक्तताको साथ व्हीलचेयर बाध्यता भएका साईबाबाले फेब्रुअरी १२ मा कोरोना पुष्टि भएको थियो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जी एन साईबाबाको डिफेन्स र रिलीज समितिले साइबाबाको स्वास्थ्य अवस्था बिग्रेको र पछिल्लो दुई सातामा उनको रक्तचाप “खतरनाक स्तर“मा झरेको बताए ।

“हाम्रो माग छ कि जी एन साईबाबालाई तत्काल नागपुर केन्द्रीय कारागारबाट रिहा गरिनु पर्छ र उनको सबै स्वास्थ्य समस्याहरूको उचित उपचार गर्नु पर्छ,“ समितिका सदस्य तथा डीयूका प्राध्यापक नन्दिता नारायणले भने ।

समितिका वकिल प्रशांत भूषण, लेखक अरुंधती राय, भाकपाका महासचिव डी राजाले पनि साईबाबालाई चिसो, ज्वरो, गलामा संक्रमण, शरीर दुखाइ, जोड़ दुख्ने, सास दुख्ने, टाउको दुखाइ र मांसपेशिको ऐंठनबाट पीडित रहेको उल्लेख गर्दै पूरै मेडिकल चेक–अप गर्न माग गरेका छन् ।

सीपीआईका महासचिव डी राजाले भने कि राजनाथ सिंह गृहमन्त्री हुँदा उनको पार्टीले एनडीए सरकारको पहिलो कार्यकालदेखि नै साईबाबाको रिहाइको मांग गरिरहेको थियो, तर अनुरोधहरु सफल हुन सकेनन् ।

भाकपा नेताले सरकारले साईबाबाको उपचार पर्याप्त चिकित्सा स्याहारको अधिकार, विशेष गरी एक अशक्त व्यक्तिको अधिकारको उलंघन भएको बताएको छ ।


“म यस निष्कर्षमा पुगेको छु कि लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरु, संविधानमा विश्वास गर्ने र सामाजिक आन्दोलनहरु एकजुट हुनै पर्छ, र प्रोफेसर साईबाबाको रिहाइको लागि देशव्यापी लोकप्रिय आन्दोलन हुनुपर्दछ,“ उनले भनेका छन् ।

वकिल प्रशांत भूषणले साईबाबालाई कारागारमा राख्नुको एउटा मुख्य कारण यो हो कि उनी “सरकारको कार्य र नीतिमाथि निरन्तर प्रश्न खडा गर्दै थिए“ ।
विकलांग अधिकारको लागि राष्ट्रिय प्लेटफार्म (एनपीआरडी) का महासचिव मुरलीधरनले साईबाबालाई जमानत र उचित उपचार गर्न इन्कार गरेको आरोप “यातना, क्रूरता र क्रोध“ को रुपमा रहेको बताए ।

“हामीले मांग गरिरहेका छौं कि देशभित्रै कानूनहरू लागू गरौं, हामीले हस्ताक्षर गरेका अधिवेशनलाई लागू गरौं । हामी त्यो भन्दा बाहिर केहि माग गरिरहेका छैनौं, उनले भने।

मार्च 2017 मा, गडचिरोली सत्र अदालतले साईबाबा र एक पत्रकार र एक जेएनयू विद्यार्थी लगायत चारजनालाई भाकपा (माओवादी) सँगको सम्बन्धको आरोपमा र युएपीए को प्रावधान अन्तर्गत देश बिरूद्ध युद्ध गर्ने गतिविधिमा संलग्न भएको आरोपमा चारजनालाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर