संयुक्त संर्घष समितिद्वारा प्रहरी हस्तक्षेपको बीच सदरमुकाम परासी सहित चार स्थानमा बिरोध कार्यक्रम

संयुक्त संर्घष समितिद्वारा प्रहरी हस्तक्षेपको बीच सदरमुकाम परासी सहित चार स्थानमा बिरोध कार्यक्रम

नवलपरासी ५ माघ – संयुक्त संर्घष समिति नवलपरासीले प्रहरी हस्तक्षेपको बीच जिल्ला सदरमुकाम परासी सहित चार स्थानमा निर्वाचन बहिष्कारको पक्षमा बिरोध कार्यक्रम गरेको छ ।
साम्राज्यवादद्वारा प्रयोजित संसदीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै सोमवार परासीको बुद्धचोक, भुमहीचोक र बासा चोकमा प्रहरीले कार्यक्रममा अवरोध गरेपछि केही बेर तनाव उत्पन्न भएको समितिले जनाएको छ ।
सदरमुकाम परासीको कोणसभालाई प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी दमन मुर्दावाद, विचार तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर लगायतका चर्का नाराबाजी सहित नेता कार्यकर्ताले बहिष्कारको अपिल गरेका थिए ।
परासीमा भएको बिरोध कार्यक्रममा प्रहरी ब्यानर खोसेपछि केही समय तनाव भएको बताउदै संर्घष समिति संयोजक रवि पाण्डेयले प्रशासनले विचार तथा अभिब्यक्ति स्वतन्त्रता हनन गरेको बताए ।
बर्दघाटको मुख्यचोकको बिरोध कार्यक्रममा भने प्रहरीले हस्तक्षेप नपु¥याएको स्थानीयबासीले जनाएका छन् ।
बर्दघाटको कोणसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले सम्बोधन र समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक झम बहादुर गुरुगले संचालन गरेको समितिले जनाएको छ ।
बासाबसही चोकमा आयोजित कोणसभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेले सम्बोधन र जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले संचालन गरेका थिए ।
निर्वाचन बहिष्कार गर्ने ६ दलीय मोर्चा अन्तरगत नवलपरासीमा क्राकपा नेपाल नेकपा (बहुमत) र सकपा नेपाल क्रियाशिल छन् ।
प्रहरी प्रशासनले भने निर्वाचन आचारसंहिताको उल्लघन हुने भएकोले बहिष्कार कार्यक्रम गर्न नपाइने बताएको छ ।