स्वाधिन संयुक्त सरकारको माग गर्दै संयुक्त सघर्ष समिति काभ्रेले वनेपामा विरोध प्रदर्सन सम्पन्न

स्वाधिन संयुक्त सरकारको माग गर्दै संयुक्त सघर्ष समिति काभ्रेले वनेपामा विरोध प्रदर्सन सम्पन्न

७ माघ बनेपा ।
फागुन २१ को संसदीय चुनावले नेपालको राष्ट्रियता संकटमा पर्ने भएकोले स्वाधिन संयुक्त सरकारको माग गर्दै संयुक्त सघर्ष समिति कभ्रेले वनेपामा विरोध प्रदर्सन गरेको छ । दलाल संसदीय व्यवस्था असफल भैसकेको र साम्राज्यवादद्ववारा प्रायोजित चुनावले निकास नदीने भएकोले यो चुनावलाई वहिष्कार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
विरोध प्रदर्शनमा विदेशीले पुराना पार्टीका दलालहरूवाट आफ्नो उदेस्य पुरा गर्न नसकेकोले नयाँनयाँ दलालहरू खोजिरहेको र नयाँ पार्टी र नयाँ पात्रलाई अघि सारेर देशलाई युद्धमा धकेल्न खोजेको नेताहरूले दावि गरेका छन ।
१० नंम्वर व्युरो सदस्य गोविन्द काफ्लेले संञ्चालन गरेको सो विरोध कार्यक्रमलाई नेकपा वहुमत काभ्रेका नेता लाल व विक , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विद्यर्थी नेता नेत्र शाहीले सम्वोधन गरेका थिए ।