पार्टी र नेवाः मोर्चाद्वारा लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

पार्टी र नेवाः मोर्चाद्वारा लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडौं । भक्तपुर नगरपालिका वडा नं. २ व्यासी निवासी लक्ष्मी सुलुको २०८२ माघ ४ गते ९२ वर्षको उमेरमा काठमाण्डौको के.एम.सी. अस्पतालमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेवाः राष्ट्रिय मुक्ति मोर्चाले मृतक लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । मृतक लक्ष्मी सुलु लामो समयदेखि मृगौला, फोक्सो, मुटु लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । पार्टीका महासचिव सीपी गजुरेल गौरवले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “उहाँ हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य कमरेड श्रीकृष्ण सुलुकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ३ छोरा, ३ बुहारी र नाति नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. श्रीकृष्ण सुलु लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

त्यसैगरी नेवाः राष्ट्रिय मुक्ति मोर्चाका संयोजक पवनमान श्रेष्ठले जारी गरेको वक्तव्यमा भनिएको छ, – “हाम्रो गौरवशाली मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको पूर्व केन्द्रीय सचिव तथा हालको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य श्रीकृष्ण सुलुका ममतामयी आमा लक्ष्मी सुलु ९२ उमेरमा उपचारका क्रममा केएमसी हस्पीतलमा हिजो पोहेलागाः आमै (माघ ४ गत)े ५ः३० बजे साँझ निधन भयो । उहाँ किड्नी, फोक्सो आदि रोगबाट पीडित भएर उपचार भैरहेको र हस्पितलमा रोगीको अवस्थाअनुसार उपचारको व्यवस्था तथा व्यवस्थापनको अभावमा उहाँको आकस्मिक निधन भयो । श्रमजीवी किसान तथा उत्पीडित नेवाः जातिको पक्षमा सन्तानहरुको मन लगाउन सफल रहनु भएका निधन हुनु भएका ममतामयी आमा लक्ष्मी सुलुप्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः हार्दिक श्रद्धान्जली अर्पण गर्दैं शोककुल श्रीकृष्ण सुलुलगायत उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

निधन भएका आमा लक्ष्मी सुलु विस १९९० जेठ २० गते किसान परिवारमा जन्मनु भएका र बिवाहपछि ब्यासी भक्तपुर घरमा तीन जना छोरा र तीन जना छोरी हुर्काउनु भयो । उहाँका छोराहरु शिवभक्त सुलु, शिवराम सुलु र श्रीकृष्ण सुलु तथा छोरीहरु लक्ष्मी त्वाजु, मैयाँ केसरी सुवाल र शिव माया बोजु हुनुहुन्छ ।”