काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । २०८२ साउन ९ गते उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिवाद–माओवाद–जिन्दावाद । नयाँ जनवाद–वैज्ञानिक समाजवाद— जिन्दावाद । भन्ने नारासहित स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख रामसिंह श्रीसले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।
कार्यशालाको अध्यक्षता व्यूरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्यद्वय रामसिं श्रीस, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटव्युरो सदस्य तथा व्युरो इन्चार्ज दिनेश शर्मा रहनुभएको थियो ।
उक्त कार्यशालाको शुभकामना मन्तव्य रामसिङ श्रीस र दिनेश शर्माले राख्नु भयो । कार्यक्रमको सञ्चालन केदार खतिवडाले गर्नुभयो भने स्वागत मन्तव्य श्याम केसीले गर्नुभयो ।कार्यशाला उद्घाटनमा हेमन्तप्रकश ओली ‘सुदर्शन’ले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र नीति कार्यक्रम, रामसिंह श्रीसले संगठनात्मक सिद्धान्त सम्बन्ध, राज्य र क्रान्ति, विधान इन्द्रमोहन सिग्देलले राजनीतिक प्रतिवेदन, अतिरिक्त मुल्यको सिद्धान्त परि थापाले संस्कृति र साँस्कृतिक रुपान्तरण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन इतिहास दिनेश शर्माले दीर्घकालीन जनयुद्ध र सशस्त्र जनविद्रोहको अन्तरसम्बन्ध, रणनीतिक र कार्यनीति चिन्तामणी पौडेलले निमावली , केदार खतिवडाले माइनट र अन्य लेखन श्याम केसीले रिपोर्टिङ र सुरेश अधिकारीले आत्मालोचना र आलोचना विषय प्रस्तुत गर्नुभयो ।
त्यसैगरी प्रशिक्षार्थी रोशन विसंखे, असल वाइबा, रुपेश रम्तेल, हजारसिंह लामा, दिनेश तमाङ, देवी गौली, चन्द्र गुरुङ, वसन्त पौडेल, श्यामराज पौडेल, पदम तामाङ, राजु लोइला, सचिर मर्जन, मनोज थापा, गोपाल दास श्रेष्ठ, बोजराज श्रेष्ठ, सुहाङ मोक्तान विभिन्न विषयमा प्रस्तुति गर्नुभयो ।
त्यसैगरी कार्यशालाको अन्तिम दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ३ दिने कार्यशाला समापन कार्यक्रम सम्पन्न भएको छ । २०८२ साउन ११ गते चलेको कार्यशालाको समापन कार्यक्रमको अध्यक्षता ब्युरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्य रामसिंह श्रीस, पोलिट ब्युरो सदस्य दिनेश शर्मा रहनु भएको थियो । रामसिंह श्रीस, दिनेश शर्मा, श्याम केसी, सुरेश अधिकारी, चन्द्र गुरुङ, रोशन विशंखे, मनोज थापा र सोहान मोक्तानले अनुभुतिसहितको मन्तव्य राख्नुभयो ।
कार्यक्रममा रामसिंह श्रीसले प्रशिक्षार्थीहरु रोशन विसंखे, असल वाइबा, रुपेश रम्तेल, हजारसिंह लामा, दिनेश तमाङ, देवी गौली, चन्द्र गुरुङ, वसन्त पौडेल, श्यामराज पौडेल, पदम तामाङ, राजु लोला, सचिर मर्जन, मनोज थापा, गोपाल दास श्रेष्ठ, बोजराज श्रेष्ठ, सुहाङ मोक्तानलाई प्रमाण पत्र हस्ताणतरण गर्नुभयो ।
ब्युरो इन्चार्ज दिनेश शर्मा र ब्युरो सचिव चिन्तामणी पौडेलले प्रशिक्षक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, रामसिंह श्रीस, इन्द्रमोहन सिग्देल, परि थापा, केदार खतिवडा, श्याम केसी, सुरेश अधिकारीलाई सम्मान पत्र हस्ताणतरण गर्नुभयो । कार्यक्रमको सञ्चालन केदार खतिवडाले गर्नुभएको थियो ।
































