आमा अझै म हारेको छैन

आमा अझै म हारेको छैन

गीत

आमा अझै म हारेको छैन
सहिदको सपना र क्रान्तिको माया मारेको छैन

छातिमा गोली शरिरमा छर्रा वारूदले जलेर
जीउँदो छु अझै लड्नु छ अझै मृत्युुलाई छलेर
बलिदान माग्छ क्रान्तिले आँसु झारेको छैन
आमा अझै म हारेको छैन ।

सामन्त ढल्यो सामन्तवाद ढलेको छैन
निमुखा जनताहरूको चुलो बलेको छैन
हिमाल पहाड तराई अझै खारेको छैन
आमा अझै म हारेको छैन

फोहोर डङ्गुर फाल्नुछ आमा
चुहिने छानो टाल्नुछ आमा
चट्टानलाई गाल्नु छ अझै
झलमल उज्यालो बाल्नुछ आमा
चौतर्फी बार बारेको छैन
आमा अझै म हारेको छैन ।

दलाल पूँजीवादलाई फाल्छौं समूल ढालेर
जनताको सत्ता ल्याउछौं अब मशाल बालेर
समाजवादको अभिष्ट पर सारेको छैन
आमा अझै म हारेको छैन

आमा अझै म हारेको छैन
सहिदको सपना र क्रान्तिको माया मारेको छैन ।