हैदरावाद । अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता र जनसंपर्क विस्तारका विषयमा यस बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।

बैठकको अध्यक्षता आनन्द थापाले , सञ्चालन महासचिव महेन्द्र बश्यालले गर्नुभएको थियो। अतिथिहरू त्रmमश सन्त बहादुर नेपाली, हरि भक्त कडेल,विशेष अन्य अतिथिमा खगेश्वर शर्मा, र कृष्ण केसीको उपस्थिति रहनु भएको थियो।कार्यक्रमको प्रारम्भमा शहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन। नोभेम्बर–डिसेम्बर २०२५ भित्र सम्पूर्ण भारतव्यापी रूपमा नगर सम्मेलनहरू सम्पन्न गर्ने अर्थात ,फेब्रुअरी–मार्च २०२६ भित्र भारत क्षेत्रीय समिति सम्मेलनहरू भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरियो।

अखिल भारत नेपाली एकता समाजको ९औं केन्द्रीय सम्मेलनको तैयारी विस्तारित बैठक एप्रिल २५–२६, २०२६ मा भोपालमा बस्ने निर्णय भएको छ।यसका अतिरिक्त, सबै तहमा संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार, र नेतृत्व प्रशिक्षणलाई प्राथमिकतामा राखी आगामी महिनामा विशेष कार्यक्रमहरू संचालन गरिने निर्णय गरियो। अध्यक्ष आनन्द थापाले बैठक समापन गर्नुभएको थियो। साथै अन्त्यमा जनवादी साँस्कृतिक आत्मीयता र एकताको अनुभूति हुने गरी बैठकमा सहभागी कलाकार द्वारा प्रगतिशील गीत र मादलको तालमा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।





























