पोखरा/३० असार
यहि असार २७ र २८ गते अखिल नेपाल आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चाको भेला पोखरामा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
सो भेलाले बम बहादुर छन्त्यालको नेतृत्वमा अखिल नेपाल आदिवासी जनजाती महासङ्घ सात नम्बर क्षेत्रीय समन्वय कमिटी गठन गरेको छ । त्यसैगरि तमु (गुरुङ)हरुको राष्ट्रिय भेला सम्पन्न भएको समाचार छ । पवनमान श्रेष्ठकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय एकता भेलाले महान गुरुङको नेतृत्वमा अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाको १३ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ ।
कर्यक्रमको अन्त्यमा सात नम्बर व्युरोका सेक्रेटरी निश्चलले दुवै भेलाको सफलताको शुभकामना दिनुहुँदै कार्यकाल सफलताको लागी दुवै समिति र नेतृत्वलाई हार्दिक वधाइ र शुभकामना दिनुभएको थियो ।





























