धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १५ नं ब्यूरोले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ ।

पार्टीका ब्यूरो इन्चार्ज सिताराम बुढाथोकी, ब्यूरो सचिव डिल्लीराम बोहरासहितका नेताहरुले मृतकको घरमा पुगी मृतकका हजुरबुबा पारस लिम्बू तथा हजुरआमा सुनमाया लिम्बूलाई पार्टीको तर्फबाट हार्दिक समवेदना पत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।
२०७६ साल बैशाख ५ गते जन्मिएकी नामसिमा लिम्बूको २०८२ साल असार २७ गते उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान धरानमा दुःखद् निधन भएको थियो ।






























