अभियान टोली नं. १को बैशाख २ गतेका सम्पन्न कार्यक्रमहरु

अभियान टोली नं. १को बैशाख २ गतेका सम्पन्न कार्यक्रमहरु

पहिलो कोणसभा माधवोनारायण नपा— ६ मार्धावपुल बजारमा भयो । कोणसभालाई १२ नं. ब्यूरो इन्जार्च तथा पार्टी पिविएम कमरेड बीरेन्द्र कुमार यादवले सम्वोधन गर्नु भयो ।दोस्रो कोणसभा रौतहटको पिपरा बजारमा भयो । कोण्णसभाको संचालन १२ न.. ब्यूरो सेक्रेटरीले गर्नु भयो भने सम्वोधन पार्टी सिसिएम कमरेड टेकबहादुर विकले गर्नु भयो ।

तेस्रो कोणसभा गौर नपा विपिचोकमा भयो,जसको संचालन प्रल्हद शाहाले गर्नु भयो भने सम्वोधन पार्टी स्थाई समिति सदस्य तथा अभियान टोली नेता रामसिंह श्रीसले गर्नु भयो ।


चौथो कोणसभा यमुनामाई गापा ५ झुन खुनुवा बजारमा भयो । संचालन प्रल्हद शाहाले गर्नु भयो भने सम्वोधन वीरेन्द्र कुमार यादवले गर्नु भयो ।
पाचौ कोणसभा यमुनामाई गापा १ सुकदेव चोकमा भयो । संचालन प्रल्हद शाहा र सम्वोधन टेकबहादुर विकले गर्नु भयो ।
छैटौ कोणसभा रौतहटको गफडा बजारमा भयो, जसलाई सम्वोधन पिविएम कमरेड चन्द्रहरी सुवेदीले गर्नु भयो ।


कोणसभा गरिएका सबै स्थानहरुमा पर्चा विरण र भित्ते लेखन कार्यहरु गरिएका थिए । सोही दिन साँझ सहीद चुनचुन शाहा रोशनको परिवारसँग भेटघाट गरिएको थियो ।