३ नं. अभियान टोलीे बाग्लुङको कार्यक्रम सकेर बैशाख २ गते पर्वतको कुश्माबजारमा बास

३ नं. अभियान टोलीे बाग्लुङको कार्यक्रम सकेर बैशाख २ गते पर्वतको कुश्माबजारमा बास

 

चैत्र २ बाग्लुङ । रांगखानीमा भेटघाट, पर्चा वितरण र वाल पेन्टिङ गर्दै जैमुनि नगरपालिकाको केन्द्र कुश्मीसेरामा अभियान टोली पुग्यौं । बजार क्षेत्रमा ब्यापक पर्चा वितरण भयो । वाल पेन्टिङ र केही ब्याक्तीगत भेटघाट अभियान टोलीले गर्यो । बजारको स्वामी बोटनेर कोणसभा सम्पन्न भयो । कोणसभालाई अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड कृष्णराज पौडेलले सम्बोधन गर्नु भएको थियो । उहाँले राजनैतिक दलहरुमा राजनैतिक भ्रष्टिकरण भएको र न्युनतम राजनैतिक चरित्र समेत न रहेको वताउनु भयो । दलहरुबीचमा राजनैतिक स्वार्थ मिल्दा घाटी जोड्ने, गिलासले रुखमा र रुखले गिलासमा भोट हाल्ने गरेको बताउनु भयो । नेकपा (मसाल) दक्षिणपन्थी संशोधनवादीमा पतन भएपछि नेपालको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हाम्रो दायित्व थियो र हामीले विद्रोहको झण्डा उठाउन वाध्य भएको बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सहसंयोजक कमरेड नारायण योगीले गीत गाउनु भएको थियो भने कलाकार विक्रम थापाले म हिडेको गाँउ बाटो मुस्कुरायो बोलको गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो । सञ्चालन अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले गर्नु भएको थियो ।


कार्यक्रमको समापनपछि पछि अभियान टोली पर्वतको कुश्मामा प्रवेश गरेको छ । बाग्लुङको कैया र पर्वतको बडागाउँ जोड्ने नेपालको सबैभन्दा आग्लो पुलको अवलोकन गर्दै अभियान टोली पर्वत जिल्ला प्रवेश गर्यो । उक्त झोलुङ्गे पूल ३ सय ४७ मिटर लम्बाइ र १ सय ५६ मिटर अग्लो रहेको छ । १०५ मे. टन भारवहन क्षमता रहेको उक्त झोलुङ्गे पूलमा ७ सय ५० पदयात्रीहरुले एकैपटकमा सवार गर्न सक्दछन् । त्यही ठाउमा काली नदी र मोदी नदीको संगमस्थल रहेको छ । दुवै नदीको संगम स्थललाई मोदीवेणी भनिदो रहेछ । सोही स्थानमा तीन वटा झोलुङ्गे पूलहरु छन् । मोदी नदीको माथि बनेको बडागाउँ सिर्सुवा जोड्ने पुल , मोदी नदी र काली नदी मिलेपछि सिर्सुव र बाग्लुङको कैया जोड्ने पुल र काली नदी माथि बाग्लुङको कैया र पर्वतको बडागाउँ जोड्ने पुल त्रिभुजमा बनेकाछन् । उक्त क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेखित चहलपहल रहेको थियो । अभियान टोलीले उक्त स्थानमा वाल पेन्टिङ र पर्चा वितरण गरेको थियो । अभियान टोली पर्वतको कुश्माबजारमा बास बसेको थियो ।