नयाँ सत्ता समीकरण र क्रान्तिकारी प्रतिपक्षको आवश्यकता

नयाँ सत्ता समीकरण र क्रान्तिकारी प्रतिपक्षको आवश्यकता

प्रधानमन्त्रि पुष्पकमल दाहालले गत फागुन २१ गते सत्ता गठबन्धन परिवर्तनगर्नुकासाथै आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद पुनरगठन गरेपछि सत्ता राजनीति सही ढंगले अगाडि बढलाभनेर केहीले जुन अपेक्षा गरेका थिए, त्यो हाल आएर मिथ्या साबित भएको छ । एकातिर दाहालले एमालेलाई आफ्नो नीति निर्देशनअनुसार चल्ने बनाउन घेराबन्दी गरिरहनु भएको देखिएको छभने अर्कातिर एमालेका नेताहरु माओवादी केन्द्र र मुख्यत प्रधानमन्त्रि दाहालसँग भागिरहेको देखिन्छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्रि दाहालले गत शुक्रबार एमालेका अध्यक्ष केपी ओलीसँग बर्तमान समसामयिक राजनीतिकाबारेमा कुरागर्दै एमालेलाईसमेत समाजवादी मोर्चामा सहभागी हुन आग्रह गर्नुभएपछि एमालेले हिजोका लागि आफ्नो पार्टीको सचिवालय बैठकनै राखेको थियो । जसमा अन्य बिषयकासाथै माओवादी केन्द्रलगायतका चार पार्र्टीको समाजवादी मोर्चामा सहभागी हुनेकि नहुनेभन्ने बिषयमा छलफल भएको बुझिको छ । धेरैले समाजवादी मोर्चा भारतीय संस्थापन निकटका समूहहरुको संगठन भएका कारण त्यसमा सहभागी हुनुनहुने कुरा उठाएका छन् । किनकी माओवादी केन्द्र औपचारिकरुपमै भारतीय जनतापार्टीसँग पार्टीगत सहकार्यमा रहेको छ । एमालेका अध्यक्ष ओलीसँग गत साता बिहीबार उहाँकै निवास बालकोटमा नेकपाका महासचिव एबं समाजवादी मोर्चाका अध्यक्ष नेत्रबिक्रम चन्दलेसमेत वार्ता गर्नुभएको थियो । त्यसपछि गत शुक्रबार शुरुमा समाजवादी मोर्चाको बैठक बसेर सो मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिइएको थियो । त्यसपछि दाहाल र ओलीका बीचमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । तर ओलीले तत्कालै सो मोर्चामा सहभागी नहुने आशय ब्यक्त गर्नुभएको थियो । अध्यक्षद्वयको उक्त छलफललगत्तै एमालेका महासचिव शंकर पोखरेलले अहिलेको नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको बताउनु भएको थियोभने माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले एमाले सहभागी नभएपनि मोर्चा अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको थियो । जसलेगर्दा एमाले र माओवादी केन्द्रकाबीचमा पछिल्लो समयमा केही मतमतान्तरहरु देखिएका छन् ।
भनिन्छ एमाले समाजवादी मोर्चा मार्फत माओवादी केन्द्रलगायतका दलहरुसँग गोलबन्द नभएको खण्डमा सो पार्टीलाई पनि डा. बाबुराम भट्टराईको नेसपालाई जस्तैगरी बिभाजन गराउने प्रयासहरु पनि थालिएका छन् । एमालेको बागमती प्रदेश कमिटीले गत शुक्रबार आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधनगर्दै शंकर पोखरेलले नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागिमात्र बनेको बताउनुभएको थियो । उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेको दाबिसमेत गर्नुभएको थियो । उहाँले हालको अवस्थामा अहिले संसदमा रहेका वामपन्थी दलहरुमात्रै मिलेर बैकल्पिक सरकार बनाउने अवस्थानै नरहेकोसमेत टिप्पणी गर्नुभएको थियो । एमालेले समाजवादी मोर्चामा तत्कालसामेल नहुने, तर आपसी संवाद र अन्तरक्रियामा बस्ने नीति लिएको देखिएको छ । जुन कुरा माओवादी केन्द्रका अध्यक्ष लगायतका कतिपय नेताहरुलाई पाच्य हुन सकिरहेको देखिँदैन । आलोपालो प्रणालीअनुसार मोर्चाको नेतृत्व नेकपाका अध्यक्ष चन्दले सम्हालेलगत्तै गत फागुन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेसहितका सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचारगर्ने निर्णय गरेको थियो । त्यसयता मोर्चाले एमालेलाई पनि सामेलगर्ने प्रयास गर्दैआएको देखिएको थियो । एमालेले हाल आएर सरकारका लागि सत्ता गठबन्धन नभएर समीकरणमात्र गरिएको जनाएको छ । गठबन्धन भनेको एक समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह एकसाथ संयुक्त सहयोग दिएर कुनै कार्यगर्नु हो । गठबन्धनहरु अस्थायी वा परिस्थितिअनुसार बन्न सक्छन् । जसको कार्य मुख्यतः भिन्नै प्रकारको हुन्छ । संसदीय राजनीतिक ब्यवस्थामा गठबन्धन सरकार बनाउने प्रचलन रहेको छ । तर नेपालमा पछिल्ला दिनमा माओवादी केन्द्र र नेपाली कांग्रेस जस्ता पार्टीले गठबन्धन बनाएर निर्वाचनमा भाग लिएपछि त्यसबारे बिभिन्न भ्रमहरु रहेका छन् । क्याम्ब्रिज शब्दकोशमा ‘आमरुपमा सिमित समयका लागि अथवा कुनै विशेष प्रायोजनको लागि बिभिन्न राजनीतिक दल वा समूहको मिलन’लाई गठबन्धनकोरुपमा परिभाषित गरिएको छ । नेपालको राजनीतिमा केही स्वार्थका लागि गठबन्धनबन्ने र केही समयपछि टुक्रने परिपाटी देखिरहेको छ । आफू विरुद्ध बनेको गठबन्धनलाई अप्राकृतिक गठबन्धन, अनैतिक गठबन्धन भनेर गालीगर्ने अभ्यास पनि कायमै छ । अर्थशास्त्रमा भने गठबन्धन भन्नाले ग्राहकको विश्वास बढाउने उद्देश्यले कतिपय ठूला कम्पनीहरुले एक अर्काको सहयोग लिनका लागि गठबन्धन बनाउने गर्दछन् । जसबाट ग्राहकको उक्त कम्पनीमाथि बिश्वास बढ्छ र त्यही विश्वासबाट कम्पनीले अधिक लाभ कमाउन सक्छ । पछिल्लो समयमा अमेरिका लगायतका मुलुकहरुले सैन्य गठबन्धन ‘नेटो’को निर्माण गरेका छन् । समीकरणभन्ने कुरा मुख्यत अंकगणितमा प्रयोग हुने शब्द हो । जसलाई राजनीतिक पार्टीहरुले पनि प्रयोग गर्नेगरेका छन् । अंकगणितमा समय र प्रतिशतको हिसावमा समीकरणको सूत्र प्रयोग हुनेगर्दछ । एमालेले भन्नखोजेको पनि त्यहीनै हो । जसमा समान सहभागिताको हिसाव हुन्छ । प्रधानमन्त्री दाहालले नयाँ गठबन्धनलाई बृहत् वाम एकताको पहलकारुपमा उल्लेख गरेपनि एमालेले त्यसलाई अमान्य घोषणा गरेको छ । एमाले आफू सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी भएका कारण आफूले सत्ता समीकरणमात्र गरेको हो, सत्ता गठबन्धन गरेको होइनभन्ने पक्षमा रहँदै आएको छ । गठबन्धनमा सामेल भैसकेपछि सबैको मत बराबर मानिन्छभने समीकरणमा जसको धेरै संख्या छ, उसको मत पनि बढी हुन्छभन्ने ठानिन्छ ।
यसअघिको नेपाली कांग्रेसले गठबन्धनलाई स्वीकार गरेको थियोभने एमालेले स्वीकार गरिरहेको छैन । त्यसैले उसले बर्तमान सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत आफ्नो प्रभाव देखिनेगरी बनाउन खोजेको पाइन्छ । गत केही दिनअघि नयाँ गठबन्धनको नयाँ नीतिभन्दै जुन कुराहरु सार्बजनिक गरिएका थिए, ति एमाले समेतको ०७९ पुस १० गतेपछिको सरकारले सार्बजनिक गरेका कुराहरु हुन् । जसलाई नेकां सरकारमा आएपछि परिवर्तन गरिएको थियो । पछिल्ला दिनमा नेकांले आफू सरकारमा नभएपनि आफ्नै नीतिले निरन्तरता पाउनु पर्छ भनिरहेको छभने सरकारमा रहेका प्रधानमन्त्रि पुष्पकमल दाहाल र अर्थमन्त्रि बर्षमान पुनले सो कुरालाई स्वीकार गरेको देखिएको छ । नेपालको सत्ता राजनीतिमा यसअघिको सत्ता गठबन्धनको पनि भविष्य अनिश्चित थियोभने नयाँको पनि अनिश्चित रहेको छ । नेपाली कांग्रेसले गत फागुनमा सत्ता गठबन्धन परिवर्तन हुने आखिरी समयमा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्रि दिएर भएपनि आफ्नो बर्चश्व भएको सत्ता गठबन्धन बनाउन खोजेको थियो । तर माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका अध्यक्ष ओलीले गृहमन्त्रि पद दिएर लामिछानेलाई आफ्नो पक्षमा तानेका कारण हाल नेकांले लामिछानेको बिरोधलाई तीब्र बनाएको हो । भनिन्छ हालसम्म पनि नेकां–एमाले–माओवादी केन्द्रकाबीचमा त्रिपक्षीय तानातान चलिरहेको छ । जसलेगर्दा कुनैपनि बेला बर्तमान सरकार ढलेर नयाँ ढंगको अर्को सरकार गठन हुनसक्छ । बर्तमान सरकार गठन हुनासाथ बेइजिङमा आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा नेपालको राजनीतिक परिस्थितिबारे सोधिएको प्रश्नमा सो मन्त्रालयका प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहजरुपमा अगाडि बढ्ने आशा प्रकट गर्नुभएको थियो ।
अर्कातिर भारतीय विदेशमन्त्रि एस जयशंकरले बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई प्रतिक्रियादिँदै नेपालमा सत्ता गठबन्धन परिवर्तन हुन लागेको आफूहरुलाई पहिलेनै आभाष रहेको बताउनु भएको थियो । नयाँ गठबन्धनको सरकार बन्नासाथ मुख्यत अर्थमन्त्रि पुनले काडमाडौंस्थित अमेरिकी राजदूत र अमेरिका निकटका एजेन्सीहरुसँग सम्पर्क र छलफल बढाएको देखिएको थियो । उहाँले नेपालमा लगानीगर्न अमेरिका र अमेरिका निकटका एजेन्सीहरुलाई आग्रहगर्दै आउनु भएको छ । पछिल्लो पटक गरिएको मन्त्रिपरिषदको पुनरगठनमा छिमेकी चीन र भारतको प्रभाव रहेको भनिएपनि यसमा अमेरिकाकोसमेत प्रभाव देखिएको छ । खासमा यो पुष्पकमल दाहालका शब्दमा ‘काँद फेर्ने काम’मात्र भएको हो । नेकां, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु भित्रीरुपमा एक रहेको देखिएको छ । त्यसैले नेकांले आफूलाई हालसम्म पनि सही प्रमुख प्रतिपक्षी दलका रुपमा प्रस्तुतगर्न सकिरहेको छैन । बहुदलीय संसदीय ब्यवस्था भएको मुलुकमा जब प्रमुख प्रतिपक्षी दल भित्रीरुपमा सत्ता पक्षसँग मिल्न पुग्छ, तब देशमा राजनीतिक दुर्घटनाको संभावना बढ्छ । हाल नेपालमा भएको त्यहीनै हो । त्यसैले क्रान्तिकारी शक्तिले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाहगर्नका लागि समानान्तर छायाँ सरकार बनाएर अभ्यास थाल्नु आवश्यक छ ।