जनताको जनवादी अधिनायकत्व : एक विश्लेषण

जनताको जनवादी अधिनायकत्व : एक विश्लेषण

 

 

” समाजवादमा पनि वर्ग संघर्ष विद्यमान रहन्छ ।” 

                                             – माओत्सेतुङ 

        जनताको जनवादी अधिनायकत्व भनेको के हो ? यो व्यवस्था कहिले र कसको नेतृत्व कहिले कायम हुन्छ ? यो व्यवस्था मानव समाजको विकासको कुन क्रममा स्थापना गरिन्छ ? त्यसपछि कुन राज्य व्यवस्था लागु गरिन्छ ? भन्ने जस्ता महत्त्वपूर्ण प्रश्न र जिज्ञासा हाम्रो समाजमा प्रसस्तै सुन्न पाइन्छ । यस लेखमा सर्वसाधारण पाठकहरुले अर्थात् आम पाठकहरुले बझ्न सक्ने गरि सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।

          जनताको जनवादी अधिनायकत्व एउटा अर्ध सामन्ती र अर्ध आौपनिवेशिक / नवआौपनिक अवस्थामा रहेको देशमा गरिने नयाँ क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गरिसकेपछि निर्माण राजनीतिक व्यवस्थाको नाम  हो । यसमा क्रान्तिको मोडल नयाँ जनवादी क्रान्तिको मोडल , गाउँदेखि शहर कब्जा गर्ने मोडल , ग्रामीण इलाकाकाहरुमा स्थानीय जनसत्ता निर्माण गर्दै गुरिल्ला वार ( छापामार युध्द ) मोडल अर्थात् दीर्घकालीन जनयुद्धको मोडल पहिलो मोडल हो भने समय र परिस्थिति अनुसार , विश्व परिस्थिति अनुसार सशस्त्र जनविद्रोह ( शहरीया आम विद्रोह ) मार्फत् शहरमा सशस्त्र जनविद्रोह मार्फत् केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने मोडल । यी दुई मोडल मध्ये पहिलो मोडल महान् चिनिया नयाँ जनवादी क्रान्तिको मोडल हो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सन १९४९ अक्टोबर १ का दिन कमरेड माओ त्सेतुङको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले सम्पन्न गरेको मोडल । दोस्रो मोडल अझैसम्म कुनै पनि लागु भएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) आफ्नो पोखरा राष्ट्रिय भेलाबाट पारित गरिसकेको छ । हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको क्रान्तिको मोडल पनि यही दोस्रो मोडलको रुपमा रहेको जनयुद्धको जगमा सशस्त्र जनविद्रोह मार्फत् शहरबाट केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँ तिर लैजाने मोडल हो । स्मरणीय कुरा के छ भने तत्कालीन अवस्थामा रहेको रुसमा महान् लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक) ले सन १९१७ अक्टोबर २५ ( रुसी नयाँ पात्रो अनुसार सन १९१७ ,  नोभेम्बर ७ ) क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद लागु गरिएको इतिहास विश्व कम्युनिस्ट आन्दोलनमा एक शिक्षाको रुपमा रहेको छ । 

      तर यहाँ एउटा अर्ध सामन्ती तथा अर्ध उपनिवेशिक / नवआौपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्तिको बारेमा विश्लेषण गरिएको हो । किनभने नेपाल आजसम्म पनि अर्ध सामन्ती र अर्धआौपनिवेशिक / नवआौपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । नयाँ खाले पुँजीवादी क्रान्ति हो । यस क्रान्तिमा सर्वहारा वर्गको संगठित  राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व हुन्छ र यो क्रान्ति मजदुर – किसान एकतामा आधारित सम्पन्न हुने क्रान्ति हो । 

      यो क्रान्तिमा कुन कुन वर्गहरुले भाग लिन्छन् ? ( सहभागी बन्छन् ? ) भन्ने कुरा प्रमुख विषय हो । हाम्रो देश नेपाल एउटा अर्ध सामन्ती र अर्ध उपनिवेशिक / नवआौपनिवेशिक अवस्थामा रहेको देश भएकोले महान् नयाँ नेपाली जनवादी क्रान्ति भनेको सामन्तवाद – साम्राज्यवाद विरोधी क्रान्ति हो । आज नेपालमा  सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तको दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारेर मात्र जनताको नयाँ जनवादी व्यवस्था निर्माण गरिनेछ । 

    यस क्रान्तिमा कुन कुन वर्गले भाग लिन्छन् भन्ने प्रश्नमा यसको जवाफ हो  यस क्रान्तिमा मजदुर – किसान वर्ग मुख्य क्रान्तिका शक्ति हुन्छन् भने राष्ट्रिय पुँजीपति वर्गदेखि तलको आौद्योगिक मजदुर ( सर्वहारा वर्ग ) धनी वर्ग , शहरीया मध्ये वर्ग , निम्न मध्ये वर्ग , शहरीया गरीब वर्ग र धनी किसानदेखि तलको कृषि मजदुर वर्ग अर्थात् धनी किसान , मध्येम वर्गीय किसान , निम्न मध्यम किसान , गरीब किसान , भूमिहिन किसान समेत क्रान्तिका सहयोगी शक्ति हुन् । यो क्रान्ति माथि उल्लेखित वर्गहरुकाबीचमा  संयुक्त राजनीतिक मोर्चा गठन गरिनेछ । 

   यसरी राष्ट्रिय पुँजीपति वर्गदेखि आौद्योगिक मजदुर वर्ग र धनी किसानदेखि कृषिहर मजदुर वर्गले भाग लिने र क्रान्तिलाई सहयोग गरेकोले यिनै राष्ट्रिय पुँजीपति वर्गदेखि आौद्योगिक मजदुर वर्ग र धनी किसान देखि कृषिहर मजदुर वर्ग सहितको संयुक्त सहभागीतामा अर्थात् क्रान्तिका मुख्य र सहायक शक्तिका रुपमा रहेका यिनै वर्गको सामुहिक स्वामित्व र सहभागीमा आधारित जनताको जनवादी अधिनायकत्व रहने गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिन्छ । 

    यस व्यवस्था ” जमिन जोत्नेको ” , घर लिप्नेको ” अर्थात्  ” जसको जोत उसको पोत ” को नारा दिइन्छ । यस व्यवस्थामा मुलुकको सम्पूर्ण उद्योग धन्दा तथा कलकारखानाहरु राष्ट्रियकरण गरिन्छ । सामन्त तथा जमिन्दारको जमिन खोसेर ( जफत ) गरेर किसानहरुलाई बाँडिन्छ । किसानहरु जमिनका मालिक बन्दछन् । र ,  यस व्यवस्था जनता देशका मालिक बन्छन् । यस प्रकारको व्यवस्थालाई जनताको जनवादी अधिनायकत्व सहितको नयाँ ( नौलो ) जनवादी व्यवस्था भनिन्छ र यो व्यवस्था वैज्ञानिक समाजवादमा फड्को मार्नका लागि पुलको काम गर्दछ ।  अर्थात् नयाँ जनवादी राज्यव्यवस्था वैज्ञानिक समाजवाद निर्माणका लागि बीचको संक्रमणकालीन राज्य व्यवस्था हो । 

     जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी व्यवस्था एउटा वर्गीय व्यवस्था भएकोले यहाँ वर्ग संघर्ष विद्यमान रहन्छ । अर्थात्  यहाँ पनि वर्ग संघर्ष जारी रहन्छ । त्यति मात्र होइन वैज्ञानिक समाजवादी व्यवस्था पनि वर्गीय व्यवस्था हो  । त्यहाँ पनि मजदुर वर्ग पहिलो वर्ग , शासक वर्ग अर्थात् सत्तारुढ वर्गका रुपमा रहेको हुन्छ भने पुँजीपति वर्ग दोस्रो वर्गका रुपमा रहेको हुन्छ । त्यसैले कमरेड माओ त्सेतुङले ” समाजवादमा वर्ग विद्यमान रहन्छ ” भन्नुभएको छ । 

     जनताको जनवादी अधिनायकत्व कायम गरिएको त्यस व्यवस्थाले हिजो  क्रान्तिका विरुद्ध उत्रिएका सामन्त र साम्राज्यवादका दलालहरु , देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु , देशीय , सामन्तीहरु , क्रान्ति विरोधी दलाल तथा नोकरशाही पुँजीपति वर्गहरु , क्रान्तिका सम्पूर्ण शत्रु तथा अपराधीहरुलाई कडा भन्दा कडा कार्वाही मार्फत , दण्डित गरेर समूहनष्ट गरेर ठिकसंग ठेगान लगाएर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गरे पछि प्रतिक्रारी शक्तिलाई टाउको उठाउन नदिने गरेर मात्र  वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ने हुन्छ । 

     महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि कमरेड माओ को नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले विश्व मै पहिलोपटक जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिएको थियो । र सन १९५४ सालमा चीनमा नयाँ संविधान बनाइएको थियो र कमरेड माओ त्सेतुङलाई राष्ट्राध्यक्ष्यमा निर्वाचित गरेको थियो । 

    तर चीनमा जनताको जनवादी अधिनायकत्व सहि रुपमा लागु हुन सकेको थिएन । शुरु मै कमरेड माओ र रुसी ख्रुश्चोवी आधुनिक संशोधनवादका चिनिया चेला  ल्यू शाओ चिको गध्दार गुटबीच वैचारिक विवाद शुरु भएकोमा थियो। कमरेड माओले “चीनमा यतिबेला राजनीतिक संघर्ष पहिलो हो र प्राकृतिक आर्थिक ( प्राकृतिक ) संघर्ष  दोस्रो हो ” भन्नुभएको थियो र त्यो सही थियो भने किनभनेचीनमा त्यतिबेला राजनीतिक संघर्ष समाप्त भएको थिएन । ल्यू शाओ चि गद्धार गुटले भने ” चीनमा यतिबेला राजनीतिक संघर्ष समाप्त भयो , आर्थिक ( प्राकृतिक ) संघर्ष पहिलो हो ” भनेर अर्थवादी दृष्टिकोण अगाडि सारेको थियो । ल्यू शाओ चिको उक्त दृष्टिकोण नितान्त संशोधन वादी – सुधारवादी  एवं अवसरवादी थियो । 

     यी विपरीत विचारहरु समाधान नगरिएकै अवस्थामा सन १९५६ चिनिया कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनको आयोजना गरिएको थियो । उक्त महाधिवेशनमा गध्दार ल्यू शाओ चि गुटले दस्तावेजीय रुपमा आफ्नो संशोधनवादी राजनीतिक दस्तावेज प्रवेश गरायो । त्यसपछि चीनमा प्रतिक्रान्तिले प्रवेश गर्यो ।त्यसका विरुद्ध कमरेड माओले सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिको सफल नेतृत्व गर्नु भयो । महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा वर्गको नेतृत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त मानिन्छ । यसैलाई नै पछि माओवाद भनियो । आज मार्क्सवाद – लेनिनवाद  – माओवाद विश्व सर्वहारा वर्गको मुक्ति पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ र माओवादलाई आत्मसात गर्न नसक्नेहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट मानिदैनन् र उनीहरूलाई क्रान्तिको नेतृत्व गर्ने कुर‌ै आएन ।

     यो चिनिया कम्युनिस्ट पार्टी बीचको दुई लाइन संघर्षको इतिहास विश्व कम्युनिस्ट आन्दोलन र विश्व सर्वहारा वर्गका निम्ति एउटा शिक्षाको रुपमा रहेको छ । 

      आज  नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र नयाँ क्रान्तिका पक्षधर कम्युनिस्ट पार्टीहरुले सामरिक कार्य दिशाका रुपमा वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्पमा जनगणतन्त्रात्मक व्यवस्थालाई अगाडि सार्दै आएका छन्  र नेपाली विशिष्टताका आधारमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने रणनीतिक लक्ष्य बनाइरहेका छन् । र ,महान् नेपाली नयाँ जनवादी क्रान्ति अवश्यम्भावी बन्न गएको छ ।

( लेखक : वरिष्ठ मार्क्सवादी लेखक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )