क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको गत बैठकको निर्णय बमोजिम नेपालको अर्थ सामाजिक अध्ययन अनुसन्धान २०८० सम्पन्न गर्नका लागि एउटा प्रशिक्षण कार्यक्रम यही पौष १ र २ गते चितवन जिल्लामा सम्पन्न गरियो ।
अध्ययन अनुसन्धान बिभागका प्रमुख तथा पार्टीका केन्द्रिय कार्यालय सदस्य सिताराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन पार्टीका केन्द्रिय कार्यालय सदस्य प्रभाकिरणले गर्नु भएको थियो । सो कार्यक्रममा पार्टीका अर्का कार्यालय सदस्य तथा तीन नम्बर प्रदेशका संयोजक अटल, पार्टीका कार्यालय सदस्य तथा कार्यालय सदस्य गुणराज लोहनी, केन्द्रिय सल्लाहकार सदस्य भूमेश्वर कडेलको सहभागिता थियो । .
प्रशिक्षणमा देशै भरी बाट ३९ जना प्रतिनिधिको उपस्थिति थियो । दुइ दिनसम्म सञ्चालित उक्त कार्यक्रममा यक दिन सैद्धान्तिक प्रशिक्षण भयो भने दोस्रो दिन प्रयोगात्मक क्लासका रुपमा जिल्लाका प्रत्येक सरकारी कार्यालयमा गएर तथ्यांक लिने काम भयो ।
७ नम्बर वडाको जनताहरुसंग ती संकलित सरकारी तथ्यांकको तुलना गर्ने कार्य भयो । यसै गरि सबै प्रतिनिधि,चितवन जिल्ला पार्टी ,प्रदेश पार्टी ,प्रशिक्षक सबैलाई धन्यवाद दिदै जिल्ला जिल्लामा प्रतिनिधि हरुले अध्ययन अनुसन्धान बिभागलाई बिस्तार गरि जनता सङ्ग प्रत्येक्ष तथ्यांक वास्तविक नेपालीको अर्थ सामाजिक स्थिति ठोस गर्न निर्देशन दिंदै पार्टीका केन्द्रिय कार्यालय सदस्य सिताराम तामाङले कार्यक्रमको समापन गर्नुभयो ।