भाद्र ९ कोहलपुर बाँके ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कोहलपुर एकता भेला सम्पन्न भएको छ । भेलाले दिपेन्द्र घर्तिको अध्यक्षतामा २५ सदस्यीय नगर संगठन समिति गठन गरेको छ ।

भेलाको प्रमुख अतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य, ६ नम्बर प्रदेश सह–संयोजक तथा बाँकेका इन्चार्ज दिपक शाहीले पार्टीले गरेको केन्द्रीय र प्रदेश जिल्लाले गरेको निर्णयहरुलाई कायाँन्वयन गर्न निर्देशन गर्दै संघर्षका कामहरु भित्तेलेखन, शिक्षा र स्वास्थ्य निशुल्क गर्ने र नगर र गाउपालिकाका एकता भेला वडा तह सम्मन गर्ने स्कुल र प्रशिक्षणलाई अभियानको रुपमा संचनलन गर्न सम्पूर्ण रुपमा लाग्ने र स्थानिय तहमा भए गरेका भ्रष्टाचार, जनताका जनजिविका जनतन्त्र राष्ट्रियताको सवै सवालहरुलाई लिएर व्यापक संघर्ष संचालन गर्नु पर्ने वताउदै मिसन २०८३लाई सफल पर्नु पर्ने वताए । कार्यक्रममा शिक्षा क्षेत्रमा भएको माफिया र कापि किताबमा भएको दलालि रक्नु पर्ने समेतमा जोड दिए ।
यसै सन्दर्भमा कोहलपुर नपा ११ मा बीस वर्ष देखि वसोवास गरि रहेका जनतालाई व्यावस्थित वसोवासको व्यवस्था गरि सहरलाई व्यावस्थित गर्नु पर्ने र अन्यथा जवर्जस्ति जनतालाई उठाउन खोजे जनताले गर्ने न्यायको लडाईमा हाम्रो पार्टीले पनि निसर्त साथदिने समेत वताए ।

सहभागी अन्य अतिथिहरुमा पार्टीका के स दिल व कठायत, बाँके जिल्ला सह–संयोजक दोय हरि न्यौपाने वीर व परियार, जिल्ला कार्यलय सदस्य प्रेम थापा, तिलक गिरी, साग, मिनन थापा, प्रकाश, सुनिल र तपेन्द्र सहभागी थिए ।
कार्यक्रमको संचालन तिलकले गरेका थिए ।






























