भक्तपुरको च्यामासिङमा एमसीसी परियोजना कार्यान्वयनको विरोधमा कोणसभा सम्पन्न

भक्तपुरको च्यामासिङमा एमसीसी परियोजना कार्यान्वयनको विरोधमा कोणसभा सम्पन्न

 

 

भक्तपुर । क्रन्तिकारी कम्युनिस्ट पार्टी, निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा एमसीसी परियोजना कार्यान्वयनको विरोधमा कोणसभा सम्पन्न भएको छ । भक्तपुरको च्यामासिङमा सम्पन्न कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय सचीव शिव श्रेष्ठ र पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका ३ नम्बर प्रदेश संयोजक सुलुले भनाइ राख्नु भएको थियो भने कोणसभालाई महासंघका केन्द्रिय सदस्य तथा तामाङ मुक्तिमोर्चाका सचिवालय सदस्य प्रेम मोक्तानले संचालन गर्नुभएको थियो।

‘पहिचान सहितको संघीयताको लागि संघर्ष गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, एमसीसी खारेज गरौं’ भन्ने मूलनारा सहित कार्यक्रममा बोल्दै नेताहरुले एमसीसी परियोजनालाई कुनैपनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भएको थियो । यो दलाल राज्यसत्ताले नेपाली जनताको मर्म र भावना बिपरित जनतालाई धोका दिएर रास्ट्रघाती एमसीसी पारित गरेका थिए ।

अमेरिकी साम्राज्यवादका मतियार भ्रष्ट सरकारले जुन एमसीसी परियो जनालाई यहि भाद्र १४ देखि कार्यनयन गर्ने भनी रहेको छ। तर यो परियोजना नेपाल र नेपालीजनताहरुको हितमा कदापी नभएको भन्दै कार्यान्वयन होइन, पुर्णरुपमा खारेज गर्नु पर्ने धारणा कोणसभाका वक्ताहरुले राखेका थिए।