क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रदेश सदस्य देव मुण्डालाई सन्तान शोक

क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रदेश सदस्य देव मुण्डालाई सन्तान शोक

भाद्र ९
विराटनगर/
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रदेश नम्बर १ का सदस्य देव मुण्डालाई सन्तान शोक परेको छ ।
सडक दुर्घटनामा परेर गम्भिर घाइते भएकी ३ वर्षिया छोरी दीक्षा मुण्डाको बिहिबार राती निधन भएपछि मुण्डालाई सन्तानशोक परेको हो ।
रंगेलीबाट विराटनगर आउदै गरेको को १ ख २६२६ नम्बरको बसले सोहि दिशाबाट आउदै गरेको मटरसाइकललाई मोरङको धनपालथान गाउँपालिका स्थित कर्सिया बजारमा ठक्कर दिदा उहाँकी श्रीमती बविता राजवंशी र छोरी दीक्षा गम्भिर घाइते भएका थिए । छोरी दीक्षाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । गम्भिर घाइते भएकी बवितालाई विराटनगरकै नोबेल मेडिकल कलेजको सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ ।
बविता छोरी सहित सुनवर्षी नगरपालिका ४ टकुवामा रहेको माइतबाट विराटनगर फर्किदै थिइन् । सोहि क्रममा बिहिबार दिउसो २ बजे कर्सिया बजारमा बसले मटरसाइकललाई ठक्कर दिएको थियो । मोटर साइकल चालकलाई भने सामान्य चोटपटक मात्र लागेको छ । उक्त बस तथा बस चालकलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।
दुर्घटना पछि दीक्षा र बवितालाई गोल्डेन अस्पताल भर्ना गरिएको र अस्पतालले लापवार्हि गरेका कारण छोरीको निधन भएको देव मुण्डाले गुनासो गर्नु भयो । उहाँले छोरीको निधन भएपछि आमा बवितालाई बचाउने आशामा नोबेल अस्पताल लगेको बताउनु भयो ।
यसैबीच क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १ नम्बर प्रदेशले शोक बक्तव्य जारी गरेको छ । पार्टीका प्रदेश संयोजक सङ्कुलले एक वक्तव्य जारी गर्दै मृतक छोरी दीक्षा मुण्डा प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । उहाँले वक्तव्य मार्फत सघन उपचारमा रहनु भएकी बविता राजवंशीलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न दोषीलाई कार्वाहि गर्न , मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको समुचित उपचार गर्न सम्बन्धित पक्षसँग जोडदार माग राख्नु भएको छ ।