क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक सम्पन्न

३२ साउन काठमान्डौ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको एकता अधिवेशन र बैठक सम्पन्न भएको छ ।
सूचना–सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय प्रवक्ता,कार्यालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशन र बैठकको अध्यक्षता विभागका सचिव हुकुमबहादुर सिंहले गर्नु भएको थियो ।
महान सहीदहरुप्रति एक मिनट मौनधारणगरी सुरु गरिएको एकता अधिवेशन र बैठकमा विभागका इन्चार्ज कञ्चनले पार्टी कार्यालयको सर्कुलर पढेर त्यसको भाव सम्प्रेषण गर्नु भएको थियो ।
बैठकमा विभागका सचिव तथा पार्टी सचिवालय सदस्य हुकुमबहादुर सिंहव्दारा सूचना–सञ्चार तथा प्रकाशन विभागको मसौदा मार्गनिर्देशिका प्रस्तुत गरिएको थियो । साथै बैठकमा विभागका सदस्य तथा पार्टी आयोजक समितिका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका संयोजक कमल बुढाव्दारा क्रान्तिकारी पत्रकारहरुको संगठन समवन्धी प्रतिवेदन र अर्का विभागका सदस्य तथा पार्टी आयोजक समितिका सदस्य तथा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले मसौदा विधानका केही बूँदाहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुतीपछि बैठकमा उपस्थित सहभागीहरुले मसौदा मार्गनिर्देशिका, क्रान्तिकारी पत्रकारहरुको संगठन समवन्धी प्रतिवेदन र मसौदा विधानमाथि आलोचना र सुझाव दिइएको थियो ।
बैठकमा उठाइएका विषयहरुवारे इन्चार्ज कञ्चन र सचिव हुकुमबहादुर सिंहव्दारा प्रतिउत्तर दिइृ विषयहरुलाई स्पष्ट पार्ने काम गरिएको थियो ।
व्यापक बहस र छलफलपछि ती सबै दस्तावेजहरु पारित गरिएका थिए । बैठकमा प्रकाशन तथा संगठन निर्माण सम्वन्धी निम्न निर्णयहरु गरिएका छन् :
१ आफ्नो नाममा प्रकाशन दर्ता गरी सञ्चालन गरिरहेका वा भविश्यमा सञ्चालन गरेमा र पार्टी वा जवस मोर्चाका आर्थिक विभागमा रहेका विभागका कुनै पनि सदस्यले पार्टी प्रकाशनको व्यवस्थापिकिय जिम्मेवारीमा नवस्ने ।
२. एकता अघिको पार्टी प्रकाशनको जिम्मेवारी लिएका कमरेडहरुको जिम्मेवारी परिवर्तन भएबमोजिम क्रान्तिको हितमा आवश्यक देखिएमा प्रकाशनको स्वामित्व समेत परिवर्तन गरिने छ । आवश्यक परेमा नयाँ संचालक समिति गठन गर्ने प्रकृयामा जान सकिने छ ।
३. पार्टीका बाह्य प्रकाशनहरुलाई क्रमस: एउटै व्यवस्थापन अन्तरगत व्यवस्थापन र सञ्चालन गर्ने । जसका लागि एक सम्पादकीय टिम र अर्को व्यवस्थापिकिय टिम गठन गर्ने ।
४ दुवै पार्टी एकता भएको सन्दर्भमा क्रान्तिकारी पत्रकारहरुको एउटै पत्रकार संगठन गठन गरिने छ । जसको नयाँ अन्तरिम विधान र प्रतिवेदनको आधारमा प्रदेश र जिल्लाको एकता अधिवेशनहरु गर्दै आश्वीन ६ गते पत्रकारहरुको केन्द्रीय एकता अधिवेशन गर्ने र नयाँ पत्रकार संगठनको नेतृत्व चयन गर्ने । जसका लागि निम्न कामहरु गर्ने
क) दुवै संगठनहरुको केन्दूीय, पूदेश र जिल्ला संगठनहरुको पदाधिकारी र सदस्यहरुको नाम लिष्ट तयार गर्ने ।
ख) क्रान्तिकारी पत्रकारहरुको संगठनको केन्द्रीय एकता भृेलागरी अन्तरिम विधान र पूतिवेदन तयार पारी भेलामा पेश गर्ने । सगठनको नामकेन्द्रीय एकता भृेलाव्दारा टुङगाउने ।
ग) सदस्यता नविनिकरण र नयाँ सदस्यता वितरण
घ) अन्तरिम विधान र प्रतिवेदन छाप्ने र वितरण गर्ने
ङ) जिल्ला, पूदेश र केन्द्रको एकता भेला आयोजना गर्ने
माथि उल्लेखित कामका लागि कमल बुढा, नारायण पंगेनी, इन्द्र र अशोकलाई जिम्मा दिने ।
५ नयाँ वएव डिजाइनरव्दारा दुवै अनलाइन डिजाइन गर्ने ।
६ अर्को व्यवस्था नभएसम्मका लागि यथास्थितिमा नै पत्रिका र अनलाइन संचालन र व्यवस्थापन गर्ने । तर पार्टीका बाह्य प्रकाशनहरुलाई क्रमस: एउटै व्यवस्थापन अन्तरगत व्यवस्थापन र सञ्चालन गर्ने कामलाई गतिदिने ।
७ बद्रि चौलागाई, जितेन्द्र र डा केशव देवकोटालाई विभागमा राखेर जिम्मेवारी दिने ।
८ रातो खवर साप्ताहिक र इ रातो खवर अनलाइनका लागि अशोक सुवदीे आशिष चौधरी र बद्रि चौलागाइलाई संचालक समितिमा राखी व्यवस्थापिकीय जिम्मेवारी दिने ।
९ मसौदा मार्गनिर्देशिकामा उल्लेख गरिएका कामहरु र जिम्मेवारीवारे क्रमस: लागु गर्दै जाने निर्णय गरियो ।