साताको साहित्य ः गीत
हजारौंको भाग लुटी एक्लै खानुभन्दा
स्वाभिमान देशको सान बेच्दै जानुभन्दा
चाहिदैन सुख्ख मलाई यै दु:ख छ प्यारो
यै धर्तीको माटो प्यारो यही देश प्यारो
हजारौं … … …
तारेभिर समथर तरेलीको घेरो
माथि हिमाल तल पहाड तराई सेरोफेरो
चौतारीको छपनी नै बिछ्याउना मेरो
आफ्नो दुई पाखुरा नै सिरानी छ मेरो
हजारौं … … …
म मात्र हुँ मलाई मात्र भन्नैपर्ने के छ
एकैवारको जीवन हाम्रो मरिलानु के छ
ठगी खानु मागी खानु चोरी खानु धिक
काटियोस् यो सिर मेरो मर्दै बरु ठिक
हजारौं… … …
तिर्खा मेट्न झरनाको चिसोपानी मिठो
पसिनाको कमाई जुराई खान्छु सिदोपिठो
छलछाम जान्दिन म हुँ नेपाली ठिटो
लुटिखान भन्दा मलाई मर्न लाग्छ निको
हजारौं … … …
चितवन
































