साताको साहित्य ः संस्मरण
इच्छुकको हत्या भएको पनि यतिखेर २१ वर्ष पूरा भएको छ । भरखरै जेठ १३ गते मात्रै इच्छुकको २२औँ स्मृति दिवस तथा सांस्कृतिक वलिदान दिवस देशैभर मनाउने काम सम्पन्न भएको छ । नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध सुरुभएको ६ वर्षपछि माओवादीले प्रत्याक्रमणको योजना मुताविक २०५८ मङ्सिर ८ गते दाङ, स्याङ्जा र सोलुखुम्बु जिल्लाहरूमा राज्यको प्रमुख सुरक्षा सेनामाथि हमला गरेको थियो । त्यसपछि मङ्सिर ११ गतेदेखि तात्कालिन देउवा सरकारले देशैभर सङ्टकाल घोषणा ग¥यो । गाउँगाउमा सेना परिचालन गरेर हजारौं निर्दोष नागरिकको हत्यामा राज्यको सेना संलग्न भयो । २०६२÷०६३ को संयुक्त जन आन्दोलनसम्म आइपुग्दा करिब १७ हजार नागरिकले ज्यान गुमाए । यही क्रममा सहिद कृष्ण सेन इच्छुकको स्मृतिमा काठमाडौमा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ गठन गरि घट्टेकुलोमा प्रतिष्ठानको भवन बनेको छ र उहाँको सम्झनामा विभिन्न कार्यक्रम हुँदै आएका छन् । उहाँको कर्मभुमी दाङमा पनि उहाँको स्मृतिमा केही न केही गर्नुपर्छ भनेर सिङ्गो पार्टी नलागेको पनि होइन । यसैक्रममा इच्छुक सांस्कृतिक प्रतिष्ठानले दाङमा पनि प्रतिष्ठानको गतिविधि बढाउन भन्दै प्रतिष्ठानका कार्यसमिति सदस्य हिरामणि दुःखीको संयोजकत्वमा २०६७ मा एक इच्छुक स्मारक विकास उपसमिति गठन ग¥यो । जसको अन्य सदस्यहरुमा यमनारायण पोख्रेल (गोबरडिहा), प्रकाश पन्थी (सिसहनिया), प्रताप रेग्मी (घोराही), प्रकाश ज्ञवाली (अर्घाखाँची, जलुके), मदन पोख्रेल (बेलझुण्डी), देब बहादुर भुसाल (अर्घाखाँची, जलुके), गणेश केसी (भालुवाङ), भगवता शर्मा (लालमटिया) रहेका थिए । गठन गरेको केही समयपछि २०७८ बैशाख १५ गते ‘इच्छुक स्मारक विकास उपसमितिको बैठक संयोजक हिरामणि दुःखीको अध्यक्षता र हेमराज शर्मा (डायमण्ड)को उपस्थितिमा बस्यो । उक्त बैठकले केही महत्वपूर्ण निर्णय गरेको थियो । जुन यसप्रकार थिए–
१– बैठकले प्रताप रेग्मी संयोजक र सदस्यहरुमा नारदमणी पोख्रेल, प्रकाश पन्थी, यमनारायण पोख्रेल रहेको ‘घडेरी जग्गा खोज तलास गर्ने’ समिति बनाएको थियो ।
२– आर्थिक कारोबारका लागि संयोजक हिरामणी दुःखी र सदस्य प्रकाश पन्थीको संयुक्त दस्तखत रहने गरि बैंकमा खाता खोल्ने निर्णय ।
३– उपसमिति सञ्चालन गर्न तथा आर्थिक सहयोगका लागि प्रस्ताबना ( प्रपोजल) लेखन कार्यका लागि पदमप्रसाद वैदिकको संयोजकत्वमा प्रताप रेग्मी र मदन पोख्रेल सदस्य रहेको समिति गठन भएको ।
४– सहिद कृष्ण सेन इच्छुकको मुल घर रहेको अर्घाखाँची जलुके सातमारा स्थित जग्गाको यथार्थ स्थिति पत्ता लगाई मर्मत संभार गर्न र इच्छुकको शालिक तथा पार्क निर्माण कार्य अगाडि बढाउनका लागि यमनारायण पोख्रेल संयोजक, गणेश केसी र देवबहादुर भुसाल रहनुभएको समिति गठन गरिएको ऐतिहासिक दस्तावेज सुरक्षित रहेको छ ।
यसरी समिति गठन र जिम्मेवारी बाडफाड भएको १० बर्ससम्म समितिले के कति काम ग¥यो यसको कुनै अभिलेख पाइँदैन ।
इच्छुक सांस्कृतिक प्रतिष्ठान काठमाडौ तथा समितिका संयोजक दुःखीको विशेष पहलमा लमही नगर विकास समितिले उपलब्ध गराएको हालको लमही नगरपालिका वडा नम्बर ५ रातोडाडा (साबिक चैलाही–२ च कित्ता नम्बर ७४० र ७४१ को ०–२–३ (दुई कठ्ठा तीन धुर) जग्गा प्राप्त भएको छ । तर उक्त जग्गामा पनि माओवादी पार्टीको विभाजनले गर्दा केही वर्षसम्म कुनै पनि गतिविधि अगाडि बढ्न सकेन । यसैबिच त्यसको ठिक १० बर्सपछि २०७८ साल पुस ३ गतेको प्रतिष्ठानको बैठकले दाङ स्थित समिति पुनर्गठन गरेपछि पुनः समिति जुरमुराउनु थाल्यो । पुनर्गठित समितिमा हिरामणि दुःखी संयोजक र सदस्यहरूमा प्रताप रेग्मी, यमनारायण पोख्रेल, रामप्रकाश चौधरी, कृष्णप्रसाद घिमिरे, खगेश्वर भण्डारी, ईश्वरीप्रसाद गैरे रहेका छन् । यही समितिले महत्वपूर्ण निर्णय गरेर कामको सुरुवात गरेको छ । लुम्बिनी प्रदेश सरकारका अघिल्लो कार्यकालका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्ण घर्ती र अर्थमन्त्री कृष्णध्वज खड्कालाई भेट गरेर लमहीमा भवन निर्माण सम्बन्धी डिपिआर र योजना समेत पेश गर्यो । लुम्बिनी प्रदेश सरकारबाट तत्काल जग्गा संरक्षणका लागि दस लाख रूपैयाँ छुट्याइएको थियो । उक्त बजेटबाट पर्खाल निर्माणका लागि २०७९÷०१÷०३ गतेकोबैठकले निर्माण समिति गठन ग¥यो जसमा संयोजक हिरामणि दुःखी र सदस्यहरूमा प्रताप रेग्मी, यमनारायण पोख्रेल, कृष्णप्रसाद घिमिरे, खगेश्वर भण्डारी, रामप्रकाश चौधरी र ईश्वरीप्रसाद गैरे रहेका थिए । उक्त निर्माण समितिको पहलमा २०७९ असारमा पर्खाल लगाउने कार्य सम्पन्न ग¥यो ।
यस आ.ब. २०७९÷०८० को लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३५,००,०००÷– पैँतीस लाख रूपैयाँको बजेट प्राप्त भएअनुसार २०७९ चैत २८ गते इच्छुक सास्कृतिक प्रतिष्ठान को दाङ लमही स्थित ‘इच्छुक स्मारक बिकास समितिका संयोजक हिरामणि दुःखीको अध्यक्षता र लमही नगरपालिका वडा नम्बर– ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा बसेको आम भेलाले भवन निर्माण कार्य सम्पन्न गर्न ‘कृष्णसेन स्मृति प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति, लमही दाङ’ गठन गरियो । जसमा, अध्यक्ष हिरामणि दुःखी, सचिव ईश्वरीप्रसाद गैरे, कोषाध्यक्ष हिमन्ता घिमिरे र सदस्यहरूमा प्रताप रेग्मी, रामप्रकाश चौधरी, सुशिला कुमारी आचार्य, मिना घिमिरे रहेको उपभोक्ता समिति गठन गरेर लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३५,००,०००÷– लागतमा एउटा हल र दुईवटा कोठा सहितको भवन ढलान गर्ने काम सम्पन्न भएको छ ।
आखिर हामीले नगरेर नै दसकौ बर्ष समय खेर फालेका रहेछौं । काम गर्ने इच्छाशक्ति हुने हो भने आर्थिक समस्या हल गरेर अगाडि बढन सकिदो रहेछ । बहुबर्सीय योजनाअनुसार २०८०÷०८१ को बजेटबाट अधुरो काम पूरा गर्न सबैलाई सहयोगका लागि अनुरोध गर्दै आउँदो बर्समा भवन सम्पन्न गर्ने पहल गर्न हामी सबै यस प्रतिष्ठान सम्वद्ध व्यक्तित्वहरू लाग्ने नै छौँ । हामीले आगामी २०८१ साल जेठ १३ गते सहिद कृष्ण सेन इच्छुक ले साहदत प्राप्त गरेको दिनमा यही भवनमा विशेष कार्यक्रम गर्ने गरि काम अगाडि बढाइएको छ ।
यसरी जनयुद्धका क्रममा उच्च बलिदानी दिनुभएका प्रगतिवादी धाराका एक हस्ती साहित्यकार कृष्ण सेन इच्छुकको नामसँग जोडिएको प्रतिष्ठानमा जोडिएर केही ऐतिहासिक कार्यमा सहभागी हुन पाउँदा मलाई गौरव लागेको छ । हामी अहोरात्र खटेर उक्त ऐतिहासिक काम गरिरहेका छौँ । अब दाङमा पनि इच्छुक प्रतिष्ठानले आफ्नै भवनबाट नेपालको प्रगतिवादी साहित्य कला संस्कृतिको विकास र प्रवर्धन गर्न लाग्ने सुखद खबर सबै सामू पस्कने अवसर हामीलाई मिलेको छ ।