क.समर
बिद्यार्थी जीवन देखि नै राजनीति प्रति रुचि थियो । बि.स .२०५५ तिर राजनीतिमा होमिई हाल्ने कुनै योजना भने थिएन् । ब्याप्त बिकृति बिसंगति बिरुद्ध धावा बोलिहाल्ने बानीको कारण नेप्रबियुमा संगठित भयौं । संगठनले गति लिन सकेजस्तो लागेन् । अनि जनयुद्ध प्रति परिवारिक रुझानको कारणले होला अखिल (क्रान्तिकारी) मा संगठित भएर संर्घषमा लागियो । नेप्रबियु छोड्ने त्यो सामुहिक निर्णय आज पनि निकै ओजपुर्ण लाग्द्छ । अनि क्रान्तिकारीमा आबद्ध भएपछि शैक्षिक राजनीतिक मुद्धा लिएर देशैभर जाने मौका मिल्यो । जिल्लामा अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलनबाट सचिव बनेपछि राजनैतिक जिम्मेवारीका साथ होलटाइमर भएर फिल्डमा खट्ने काम भयो । तत्कालिन गण्डक क्षेत्रको नवलपरासी – नवलपुर क्षेत्रमा नेकपा(माओवादी)को संगठन विस्तारमा लागेर इतिहासले दिएको जिम्मेवारी पुरा गर्ने थालियो । बि.स.२०६३ पछि पार्टी खुला भयो हिजोका कामको स्वरुप फेरियो । घर आइसकेपछि ब्यवसायिक काममा लाग्ने नै कुरा भयो । यद्धपि जनयुद्धमा होमिएको प्रति आज सम्म कुनै ग्लानी वा हिनताबोध छैन् ।
धेरै पछि इतिहासले एउटा जिम्मेवारी थपिदिएको छ । नयाँ जिम्मेवारीले केही नौलो केही थिचिएको महसुस पनि भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको कार्यवहाक सेक्रेटरीको महत्वपुर्ण जिम्मेवारी पार्टीले मलाई दिएको छ । यो जिम्मेवारी पहिलो पटक पाएको भने होइन् । यस अघि पाएको कार्यबहाकको जिम्मेवारी भन्दा अलि फरक ढंगबाट पार्टीले मलाई जिम्मेवारी दिएको हो । त्यसमा बिशेष गरेर सहिद परिवार र पुराना कार्यकर्ताहरु संगको भेटघाटलाई जिल्ला पार्टीले निरन्तरता दिइरहेको छ । सहिद परिवारका घरदैलोमा गएर उनीहरु माझ बैचारिक पक्ष राख्न पाउदाँ र पुराना नेता कार्यकर्ता माझ गएर उनीहरुको विचारले ओतप्रोत भावनात्मक पक्ष सुन्न पाउदाँ जिन्दगीमा नयाँ आयाम भने थपिएको छ ।
आज मिति २०७९ साल चैत्र ३ गते माओवादी आन्दोलनमा हिजो देखि जोडिएका बिभिन्न भुईमान्छेहरुसंग भेट्ने अवसर पायौ । बिशेष गरेर जिल्ला ईञ्चार्ज क.संकल्पको आग्रहमा गाउँ गाउँका नेता कार्यकर्ता कहाँ पुग्ने यो अवसरले नयाँ उर्जा दिएको छ । त्यसमा पनि जिल्ला सचिवालय सदस्य क.न्युक्लियस र क.बसन्तले दिएको साथले आन्दोलनलाई संगठित गर्न सकिने थुप्रै सम्भावना र नयाँ आशा संचार गराइदिएको छ । जनयुद्धकालिन समयमा बिशेष गरेर जनयुद्धको उत्तराद्र्धमा जोडिएका ब्यक्तित्वसंगको भेटले सार्थकता पाउदै जाने निश्चित जस्तै भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरका २ ,३ र ४ वडामा आज पुर्नमिलन स्वरुप केही प्रतिनिधिमुलक भेटघाट भयो । भेटमा जोडिएका कमरेडहरुको पार्टी प्रतिको विश्वासले हामीलाई थप जिम्मेवारीबोध भएको छ । पर्वत जिल्लाबाट आएर बस्नुभएको क.निर्मल र उहाँको जिवनसाथी क.अनिताले हाम्रो भेटलाई झन् बिशेष गराइदिनुभयो । आज कमरेड गोबिन्द ,तिलक,मोहन, नरबहादुर, जितारामलगायतसंगको भेटघाट र उहाँहरुको भलाकुसारीले पक्कै भोलीको दिन आशालाग्दा हुन थालेको देखिन्छ । अबको क्रान्तिकारी आन्दोलन उठाउन सहर भन्दा गाउँमा नेतृत्व लाग्नुपर्ने बोध सहित आजको अभियानबाट हामी घरतर्फ लाग्यौ ।






























