फागुन २४ काठमान्डौ ।
फागुन २४ , २०७९ ने.क.पा ( क्रान्तिकारी माओवादी) र नेकपा बहुमत निकट दुइ विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)हरुले संयुक्त रुपमा अखिल(क्रान्तिकारी)का तत्कालिन उपाध्यक्ष महान सहिद कमरेड बेनोज अधिकारीको स्मृति कार्यक्रम अखिल(क्रान्तिकारी)को केन्द्रिय कार्यलय बागवजारमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले हामीले महान शहिदहरु प्रति प्रतिवद्धता जाहेर गर्नु पर्ने बताउनुभयो । २०५८ साल फाल्गुन २२ गते सहिद क.बेनोज अधिकारलाइ विराटनगर जेलमा कैद गरि बारम्वार अत्याचार अमानवीय तरिकाले कुट पिट्ट गरि फाल्गुन २४ गते उहाँलाई तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
दिलबहादुर रम्तेल देखि प्रज्वल शाही सम्म आइ पुग्दाको वलिदानलाई अहिले अखिल(क्रान्तिकारी)का नेता कार्यकर्ताले उहाँको सपनालाइ साकार बनाउन लाग्नु पर्ने हुन्छ । जनयुद्धका महान शहिद, घाइते,आपाङ्,शहिद परिवारको सपना हामीले पुरा गर्नु पर्ने वताउनु भयो । तत्कालिक माओवादीले संचालन गरेको जनयुद्धलाइ अहिले के.पि ओलि जस्ता दलालका नाइकेहरुले जनयुद्ध हिंसा हो भन्न उचित नहुने बताउदै आसन्न निर्वाचन हुन नदिन चलखेल गर्न थालेको बताउनु भयो ।
यस्तै अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष शीलु न्यौपानेले संगठनका तत्कालिन उपाध्यक्ष महान शहिद बेनोज अधिकारीको संक्षिप्त जीवनी बताउदै तत्कालिन अबस्थामा संगठनको तर्फ बाट हाम्रो गौरवशाली संगठन अखिल(क्रान्तिकारी)ले देश,जनताको परिवर्तनको लागि बलिदानको उच्च कोटा चुक्ता गरेको बताउनुभयो । यस्तै नेकपा बहुमत निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विरेन्द्र शाहले महान शहिदहरुको रगतले निर्मित इतिहासले थप उर्जा दिदै आएको र आवश्यकता पर्दा फेरिपनि त्याग परिवर्तनका लागि जीवन अर्पण गर्दा बलिदानको कोटा चुक्ता गर्न भाग्न नहुने बताउनु भयो ।
उक्त कार्यक्रमा बहुमत निकट अखिल(क्रान्तिकारी)का महासचिव रुपा बुढाले संचालन गर्नु भएको थियो भने । उक्त कार्यक्रममा महासचिव पेशल दाहाल, सचिव राम बहादुर तिरुवा लगायत बिभिन्न क्याम्पसका विधार्थी नेताहरुको समेत उपस्थितिमा महान सहिदहरुले देखेका सपना साकार बनाउनका निम्ति एकपटक संघर्षमा उत्रिदै जनताको व्यवस्था ल्याउने प्रतिबद्घता जाहेर गर्दै महान सहिद अखिल(क्रान्तिकारी)का तत्कालिन उपाध्यक्ष बेनोज अधिकारीलाइ स्मरण गरेको जानकरी अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले गराउनु भयो ।