
ईश्वरीप्रसाद गैरे, दाङ
आज २०७९ साल फागुन २४ गते अर्थात् आठ मार्च अंतराष्ट्रीय नारी दिवस घोराही ३ बेलुवा सहिद स्मृति पार्कमा भब्यताको साथ संपन्न भयो। कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला संघ क्रांतिकारी की जिल्ला अध्यक्ष हेमंता घिमिरेले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको मंतव्य अखिल नेपाल महिला संघ क्रांतिकारीकी केन्द्रीय सदस्य सुशीला आचार्यले राख्नु भएको थियो। विशिष्ट अतिथिको आसान बाट नेकपा ( मशाल)का केन्द्रीय सदस्य शशीधर भण्डारीले बोल्नू भएको थियो।
कार्यक्रममा शुभ कामना दिने अन्य बक्ताहरुमा नेकपा बहुमत केन्द्रीय सदस्यतिलक पुन, नेकपा क्रांतिकारी माओबादी जिल्ला सहइंचार्ज रामजी चौधरी, नेकपा ( मशाल) का जिल्ला सचिब राम बहादुर जी एम , नेकपा बहुमत लुम्बिनी क्षेत्रीय ब्यूरो सदस्य कामरेड हिमाल, अखिल नेपाल महिला संघ जिल्ला प्रतिनिधि बसंता भट्टराई, प्रवास क्षेत्रबाट कमला घिमिरे, कुसुंडा भाषा शिक्षिका खम्बा रोकाय, दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक बिक लगायत हुनु हुंथ्यो।भने नेपाल कम्मूनिस्ट (मशाल) किसान मोर्चा बाट मीनू प्रशाद सूबेदी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य मेघराज भट्टराई रअखिल क्रांतिकारीका लुम्बिनी ब्यूरो सदस्य धन बहादुर ओलीको पनी आतिथ्यता रहेको थियो।
बक्ताहरुले भन्नु भयो आज ११३औ अंतर्राष्ट्रीय महिला दिवस मनाई रहदा छोरी लाई भ्रूण नास गरिदै होला। यो धर्तीमा मुख दोखाऊँन सम्म अनुमति छैनअरबका देशका महिला आज पनी बुर्खा लगाएर हिड़न बाध्य छन। आज पनी दाइजोको कारण कती चेली ज्यूदै जली रहेका छन। आजपनी कती वृद्ध आमालाई बोक्सिको आरोप खपी रहनु भएको छ। आज पनी छोरा नजन्माएको कारण बहूविवाहका शिकार बनेका छन।यो दलाल पूंजीवादले महिलालाई बस्तुको रुपमा प्रयोग गरेको छ विज्ञापनको माध्यम बनेका छन। आज पनी राष्ट्रीय नीति निर्माणमामतदानको अधिकार सम्म पाएका छैनन। यो विडंबनापूर्ण अबस्थालाई चिर्न पनी हामी सम्पूर्ण महिला अधिकारको लागी अझै संघर्ष गर्नुपर्ने वस्तुगत अबस्था छ। आज पनी महिला छोरी चेली निर्धक्क भएर हिडडुल गर्न सकने वातावरण छैन कुन ठाऊमा कुन चेली बलात्कृतहुनु पर्ने हो भन्न सकीने अबस्था छैन। ञात अज्ञात सहिदहरु प्रति एक मिनटको मौन धारण बाट कार्यक्रम अगाड़ी बढ़ेको थियो।कार्यक्रममा आफ्नो मंतव्य राख्ने बक्ताहरुले संघर्ष बिना कुनै पनी अधिकार पाइदैन भन्नु भयो। आज पनी महिला मुक्तिको प्रश्न योदलाल पूँजीवादी राज्य ब्यबस्थाको अंत्य र नया जनवादी क्रान्ति बिना संभव छैन भन्नु भयो। यो समय क्रांतिकारी शक्तिको धुर्बीकरणहुने समयको माग भएको छ।
आज संसारमा महिलाले जहाज उढ़ाऊन सक्ने महिला अर्कों तीर महिलाको अनुहार तेजाब फ़ालिंछ। योब्यबस्था भित्र महिला लाई पाँच तारे होटलमा सेमिनार गरेर महिला अधिकारको भाषण गर्ने तर सुन्दरी प्रतियोगिता गराई रहेको छ। यो खुशियालीको रूपमा यो दिवस मनाऊने होईन यो संघर्षको समय हो। दिल्ली बंबई कलकत्ता मात्र होईन नेपाल कै ठुला होटेल रेस्टोरेंटमा देह ब्यापार गरेर जीवन निर्वाह गरी रहेका छन। प्रतिक्रियावादि राज्य ब्यबस्था भित्र महिला मुक्ति संभव छैन।देशमा प्रधान न्यायाधीश राष्ट्रपति प्रधानमंत्री हुदैमा सम्पूर्ण महिला मुक्ति संभव छैन। हाम्रो देशमा रास्ट्रपति महिला हूँदैमा निर्मला पंत भागवती जस्ता छोरीले न्याय पाएँनन। महिलाको लागी आरक्षेण होईन समान अधिकार प्रतिस्पर्धी बनाउन अनिवार्य कुरा हो। यो समय निर्माणमा महिलाको भूमिका पुरुषको तुलनामा बढ़ी छ। बांग्लादेशमा महिला प्रधानमंत्री भए कै समय तस्लीमा नरसीनलाई देश निकाला गरेको उदाहरण हाम्रो अगाड़ी छ।जहाँ नीति सिद्धान्त ठीक छ त्यहा मात्र सम्पूर्ण जातजाती भाषा भाषी लिंगीय मुक्ति हुनेछ। आज पनी आमाको नाम बाट नागरिकता सम्म सजीलै पाउन सक्दैनन। बिचार पहिलो कुरा हो हामी थोरै छौ भोली धेरै हुने छौ। हामी अबस्था बदलन अझै बाकी छ। बलात्कृत महिलाछोरी चेलीले आफ्नो पीड़ा राख्ने ठाऊ कही छैन। चुलो चैको देखी कार्यालय सम्म भ्याऊनु पर्ने बाध्यता कसरी अंत्य गर्ने भन्ने विषय सम्मयो ब्यबस्था बाट मुक्त गर्दैन। अखिल (छैटौ) की जिल्ला सचिब यमसरि घर्तीको स्वागत मंतव्य बाट शुरू भएको कार्यक्रमको संचालनचेतना रोकायले गर्नु भएको थियो।