अनेमसंघ (क्रान्तिकारी) मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न

अनेमसंघ (क्रान्तिकारी) मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न

८ मार्च हेटौंडा ।
मार्च ८ अर्थात फागुन २४ गते  ११३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडामा अनेमसंघ ( क्रान्तिकारी)को जिल्ला भेला सम्पन्न भयो । भेलाको उदघाटन समारोहमा मन्तव्य राख्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय महासचिव सारदा महतले नेपालको जनयुद्ध लगायत नेपालको परिवर्तनको आन्दोलनमा निर्णायक संघर्षमा समेल भई ठूलो वलिदान समेत दिन सक्षम भएता पनि महिलाहरुमाथि हुने लैङ्गीक हिंसा र असमानताको अन्त्य नभएको बताउनु भयो । सम्बोधनको क्रममा उहाँले दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन लगायतका आन्दोलनका उपलब्धिमाथि षड्यन्त्र भएको बताउदै आन्दोलनका उपलब्धिको रक्षाको लागि सम्पूर्ण महिलाहरु एक हुनुपर्ने बताउनु भयो ।


कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज अशोक शर्माले द्वन्द्वका मुद्दाहरु उठाएर क्रान्तिकारीहरुलाई नतर्साउन चेतावनी दिदै अदालत लगाएर जनयुद्धका योद्वाहरुमाथि दमन शुरु गरे आफुहरुले पनि जनसत्ता र जनअदालत विउँताउने र द्वन्द्वकालमा माओवादीको नाममा गरेका अपराधहरु जनअदालतमा लैजाने र अपराधीहरुमाथि कारबाही सुरु गर्ने बताउनु भयो ।


जिल्ला सेक्रेटरी दिनेश वर्ताैलाले महिलाहरु आफ्नो मुक्तिको लागि आफै संगठित हुनु पर्ने बताउदै पार्टी सबैखाले मुक्ति आन्दालनको नेतृत्व गर्न तयार रहेको बताउनु भयो । उदघाटन सत्र पछि सुरु भएको बन्द सत्रले विष्णु देवी वलको अध्यक्ष, लक्ष्मी तामाङ उपाध्यक्ष, कमला थोकर सचिव र सचिता देवकोटा कोषाध्यक्ष रहेको १५ सदस्यीय अनेमसंघ (क्रान्तिकारी) मकवानपुर जिल्ला समिति निर्वाचित गरेको छ । समितिका अन्य सदस्यहरुमा रिता घले, भगवती थापा, संगिता मक्रान्ति, सीता घले, सविता मिझार, लक्ष्मी थापा, गोमा खत्री लगायत हुनुहुन्छ ।


अनेमसंघ (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन तयारीमा रहेको कारण अहिले जिल्लामा संगठनका कामलाई थप ससक्त बनाउदै लैजाने नव निर्वाचित अध्यक्ष विष्णुदेवी वलले बताउनु भयो ।